आधुनिक कृषि ज्ञान सिकाउन बाडगंगा नगरपालीका बाट ५७० जना कृषकलाई कोरिया पठाईदै !

सिओल

गत चुनावमा आय आर्जन र रोजगारीका अवसर श्रृजना गरी यूवालाई रोजगारी दिने भन्ने घोषणा पत्र बनाएर चुनाव जितेका वाणगंगाका मेयर मंगल प्रसाद थारु र उपमेयर चक्रपाणी अर्याललाई ५०० यूवालाई एकैसाथ अकर्षक रोजगारी दिलाउने अवसर पैदा भएको छ । दक्षिण कोरीयाले बेमौषमी कृषि कामदार बाणगंगावाट आगामी बैशाख भित्रै लैजानेगरी अफर लिएर आएपछि यस्तो मौका मिलेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले मौसमी कृषि कामदार स्वरुप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने भएको हो । कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउन स्थानिय ५ सय ७० जना कृषकहरुलाई पालिकाबाट छनौट गरी पठाउने भएको हो । वडा न. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको पहलमा उत्त काम भएको नगरपालिकाले जनाएको छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कल्चरसेन्टर कोरियाका डाईरेक्टर हन क्यूहोले कृषि संगै संस्कृति संरक्षण गर्ने मूख्य उद्देश्य रहेको बताउदै कोरियाको सिपलाई स्वादेशमा ल्याउने रहेको बताउनुभयो । यसरी स्थानिय कृषकलाई कोरिया पठाएर कृषि क्षेत्रमा फड्को मार्नुका साथै कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिने यस कार्यक्रमबाट नगरपाकिलाले बिश्वास लिएको छ ।

केही समयका लागि कृषक विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने नगरउपप्रमुख चक्रपाणी अर्यालले बताउनुभएको छ । यस्तै कार्यक्रमको सहजिकरण गर्दैै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले दिगो आर्थिक विकास गर्नुका साथै बेरोजगारी समस्या केही हद सम्म हट्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल कल्चरसेन्टरका म्यानेजर चचुङगो , मणि गौतमको उपस्थिती रहेको थियो ।

३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको छ । यो समाचार प्रेसपाटीका लागि बिकास थापाले लेखेका हुन। फोटो प्रेसपाटी