कोरिया भाषा परिक्षा शुल्कमा मात्रै सवा अर्ब रुपैयाँ बाहिरियो

सिओल

काठमाडौँ — दक्षिण कोरियालाई रोजगारीका लागि आकर्षक गन्तब्यका रुपमा लिइने गरिन्छ। विकसित देश तथा राम्रो कमाई हुने भएकै कारण नेपाली युवाहरु रोजगारीका लागि कोरियन भाषा पढेर परीक्षामा सामेल हुने गरेका छन। हरेक बर्ष जसो हुने कोरिया भाषा परीक्षा कोरोनाका कारण केहि समय यता रोकिएको छ।

कोरियन भाषा परिक्षामा सामेल हुनका लागि दरखास्त दिन मात्रै २४ अमेरिकी डलर तिर्नुपर्दछ। कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर (करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ) बाहिरिएको छ।

रोजगार अनुमति प्रणाली(ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन् । यो रकम इपिएस भाषा परीक्षाका लागि दस्तुरका रुपमा लिइएको हो।

यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ। भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लाग्छ। कोरियाले नियमित तथा ५ बर्ष कोरिया बसेर फर्केका हरुका लागि सिबिटी परिक्षा लिने गरेको छ।

कोरियाको परीक्षा शुल्कबापत रकम बाहिरिने क्रम प्रत्येक वर्ष बढिरहेको छ। कोरोनाका कारण केहि समय यता भाषा परिक्षा पास गरेर पनि कोरिया जान नपाएका युवाहरु भने निरास छन। उनिहरु बेला बेला कोरियाले भाषा परिक्षा मात्र गराई पैसा बटुल्ने जुक्ति गरिरहेको समेत आरोप लगाउने गर्दछन।