कोरियामा कार्यरत प्रदिप राईको ‘जहाँ डाक्छौ आउँला’ सार्वजनिक! (भिडियो सहित)

गुरुदत्त न्यौपाने/सिओल

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत प्रदिप राईको ‘जहाँ डाक्छौ आउँला ‘ म्युजिक भिडियो आशुतोष राई युट्युब च्यानलमा सार्वजनिक भएको छ।

कोरियामा कार्यरत प्रदिप राईको गायन तथा अलिशा राई,गम्भिर बिस्ट,आशुतोष राई तथा साथीहरुकोअभिनय रहेको उक्त म्युजिक भिडियोको शब्द सङ्कलन भने रेजिना खालिङले गर्नुभएको छ।

आशुतोष राईको निर्देशन तथा संगित संयोजन रहेको भिडियोको सिनेम्याटोग्राफी नवराज उप्रेतीले गर्नुभएको छ।

दिनेश न्यौपानेको अरेन्ज तथा सुमन खडकाको मिक्सिङ्ग रहेको भिडियोको सम्पादन नविन निरौलाले गर्नुभएको छ।

भिडियो निर्माणका क्रममा बिभिन्न तवरले सहयोग गर्नुहुने सम्पुर्णलाई निर्माण टिमले विशेष धन्यबाद ज्ञापन गरेको छ।

पुरा भिडियो हेर्नुहोस।