दक्षिण कोरियाले नमुना परियोजनाका रूपमा काम गर्ने, कोरिया बाट फर्केकाहरु लाई विशेष प्राथमिकता !

कोरियाको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग कोईकाको लगानीमा ईपीएसमार्फत् कोरिया गएर फर्केका नेपालीहरूका लागि पुन:एकीकरणमा सहयोग गर्न प्रस्ताव गरेको श्रम मन्त्री श्रेष्ठले बताएका छन

कारोबार दैनिकले एचआरडी कोरिया ईपीएस सेन्टर नेपालका प्रमुखलाई उद्धृत गर्दै सोमवार प्रकाशित गरेको एक खबर अनुसार ईपीएसमार्फत् कोरियाले कामदार लाने १५ देशमध्ये नेपालमा मात्र त्यस्तो कार्यक्रम सुरु गरेको हो।

उक्त खबरमा जनाइएअनुसार त्यस्तो कार्यक्रम नेपालमा नमुना परियोजना (पाइलट प्रोजेक्ट) का रूपमा सुरु गर्न लागिएको र सफल भएमा अन्य देशमा पनि थाल्ने ती अधिकारीले जनाएका छन्।

नेपालमा सञ्चालन हुने कार्यक्रमका लागि कोईकाले करिब एक अर्ब रुपैयाँ नेपाली खर्चिने उक्त खबरमा उल्लेख छ।गत साता नेपालका लागि कोरियाली राजदूतले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका थिए।त्यस क्रममा पनि उक्त कार्यक्रमबारे छलफल भएको श्रेष्ठले जानकारी दिए।

त्यसका अतिरिक्त नेपालबाट कोरिया जाने कामदारका लागि सुरुमै तालिम दिनका लागि कोरियाले नेपालमै तालिम केन्द्रहरू सञ्चालन गर्ने कार्य अघि बढाएको भुसाल बताउँछन्।
मन्त्री श्रेष्ठले चाहिँ त्यस्ता तालिम केन्द्र विस्तारका लागि कोरियाली राजदूतलाई आग्रह गरेको बताए।

उनले भने, “कोरियालीहरू एकदमै सहयोग गर्न तयार भएका छन्। उनीहरूले कामदारहरूलाई तालिम दिनका लागि बुटवलमा तालिम केन्द्र सञ्चालनमा ल्याइसकेका छन् अनि र बर्दिबासमा बनाउँदै छन्।””मैले चाहिँ सातवटै प्रदेशमा यस्ता तालिम केन्द्र बनाइदिनुपर्‍यो भनेको छु। उनीहरू सकारात्मक छन्।”