दक्षिण कोरियाले जुन १ तारिख देखी यि देशहरुलाई भिषा बिना यात्रा गर्न दिने !

गुरुदत्त न्यौपाने/सियोल

दक्षिण कोरियाले अस्थायी रूपमा भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र मंगोलियाबाट सामुहिक भ्रमणको रुपमा खाङवन्दोको याङयाङ अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर आउने पर्यटकहरुलाई भिसा बिना नै प्रवेश अनुमति दिने न्याय मन्त्रालयले बुधबार बताएको छ।

जुन १ देखि, भियतनाम, फिलिपिन्स र इन्डोनेसिया बाट सामुहिक टुर प्याकेजमा कोरियाकै पूर्वी तट खाङवन्दोमा रहेको याङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा आउने यात्रुहरूले भिसा बिना १५ दिनसम्म कोरियामा बस्न तथा घुम्न सक्ने अधिकारीहरूले बताएका छन्।

मङ्गोलिया बाट सामुहिक भ्रमणको रुपमा आउने पर्यटकहरुलाई भिषा फ्रि नियम अक्टोवर १ देखी लागु गर्ने बताएका छन।

खाङवन्दो प्रान्तमा स्थानीय पर्यटन र क्षेत्रीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको यो कार्यक्रम आगामी मे ३१, २०२३ सम्म सञ्चालन गरिने छ, जसको नतिजाको आधारमा हरेक वर्ष विस्तार हुने सम्भावना रहेको छ।

उक्त भिषा फ्रि कार्यक्रम अन्तर्गत आउने यात्रुहरुले अनिवार्य रुपमा कोभिड-१९ भाईरस बिरुद्दको खोप लगाएको हुनुपर्ने र भ्रमणमा आएका पर्यटकहरु खाङवन्दो र सियोल बाहेक अन्यत्र यात्रा गर्न नपाउने मन्त्रालयले उल्लेख गरेको छ।

सामुहिक भ्रमणको रुपमा कोरिया प्रवेश गर्न चाहने हरुले सम्बन्धित देशका दुतावासले मान्यता दिएका ट्राभल्स मार्फत टिकट बुकिङ गरेर खाङवन्दो को याङयाङ अन्तरास्ट्रिय विमानस्थल मा आउन सक्नेछन ।