इ.पि.एस. देखी भौतिकशास्त्रमा पि.एच.डी. सम्मको कोरिया यात्रा ।

इ.पि.एस. देखी भौतिकशास्त्रमा पि.एच.डी. सम्मको कोरिया यात्रा ।

गुल्मी जिल्लाको एक विधालयमा विज्ञान तथा गणित विषय अध्यापन गराउँदै वि. स २०६८ मा पाल्पा तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट भौतिक शास्त्रमा बि.एस.सी. सम्मको अध्ययन पुरा गरेका घनश्याम ज्ञवाली २०६९ सालमा नेपाल सरकारको मातहतमा रही संचालन भएको इ.पि.एस् प्रणालीबाट कोरिया प्रवेश गरे।

स्थानिय थाक्सीपोखरा माध्यामिक विधालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका अत्यन्तै मेहेनेती र जेहेन्दार विधार्थी उनि विधालयमा नियमित अग्रपंतिमा सफलता हासिल गर्दथे भने शिक्षकहरुकोलागी भविष्यका आशा लाग्दा नक्षेत्रको रुपमा कहिन्थे ।

सानै देखी गणित तथा विज्ञान विषयक प्रयोगात्मक पद्दतिमा रुचि राख्ने घनश्याम कामदारको रुपमा कोरिया प्रवेश गरिसके पछि पनि अध्ययन र अनुसन्धानको माध्यमबाट देशमा खोज-शिक्षा प्रवर्धन गर्ने सपनामा तल्लिन भैरहनेगरेको कुरा बताउँछन् । सन् २०१५ तिर कामदारको रुपमा प्रवेश गरेता पनि विशेष योग्यता, रुचि र लगनशीलता भएमा कोरियामा आफ्नो अध्यन तथा अनुसन्धान नियमित सुचारु गर्न सकिन्छ भन्ने सामाजिक सन्जालबाट जानकारी प्राप्त भएपछी यस सम्बन्धमा बुझ्न विभिन्न सेमिनार, कलेज तथा अग्रजहरुको सम्पर्कमा आई प्रकृया, सहजता तथा चुनौतिको बारे जानकारी लिने क्रममा रहे ।

कोरियामा विधार्थीहरुको संगठन (SONSIK) र पदाधिकारिहरुद्वारा अत्यन्तै सहयोग तथा सल्लाह प्राप्त गरी थप सहजता प्राप्त भएको उनि बताउँछन्। कलेज भर्ना तथा छात्रावृती प्रकृयामा कोरियन भाषाको थप उपयोगिता हुने जानकारी प्राप्त गरे संगै कम्पनिको कामका साथ नियमित भाषा कक्षामा सामेल भई उनि उच्चतम तह सम्मको प्रमाणपत्र पाउन पनि सफल भए ।

नियमित १० वर्ष सम्म रोजगारकै क्रममा कोरिया बस्न पाउने सुविधा पाएतापनि खोज-अनुसन्धानको सपनामा पग्लिएका उनि आवश्यक योग्यता र प्रमाणपत्र पेश गरे संगै पुर्ण छात्रवृती प्राप्त गर्न सफल रही सन् २०१७ मा दक्षिण-पुर्वी कोरियाको थेगु शहर स्थित थेगु विश्वविधालयमा भौतिकशास्त्र अन्तर्गत स्नातकोत्तर (एम्.एस.सी) को लागि भर्ना हुन सफल भए । स्मरण रहोस्, रोजगारको लागि प्रवेश गरेका विदेशी नागरिकहरु विधार्थी भिषा प्राप्त गर्नको लागि जारी भिषा स्थगित गरि आफ्नो देशमा रहेको राजदुतावास मार्फत पुन: भिषा प्राप्त गरि मात्र कोरिया प्रवेश गर्नु पर्ने प्रावधान रहेको छ ।

पाँच वर्ष सम्मको समय अन्तरका बाबजुत भौतिकशास्त्रमा स्नातकोत्तर प्रवेश तथा नियमित अध्ययन अनुसन्धान आफैमा अत्यन्तै चुनौतिपुर्ण विषय हो तर आफ्नो तृष्ण इच्छा, संकल्प, मिहेनत र दृढ आत्मविश्वासको कारण यो सम्भव भएको कुरा बताँउछन् घनश्याम । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा आफ्ना अनुसन्धान सोध प्रकाशित गर्दै सन् २०१९ मा स्नातकोत्तर सफलतापुर्वक सम्पन्न गरि दीक्षीत भए। कलेज तथा प्रयोगशाला अनुसन्धान पर्यवेक्षकमा सुन्दर प्रभाव पार्दै सोहि कलेजमै नियमित पि.एच.डी गर्ने अवसर प्राप्त गरेका उनि इच्छाएको विषयमा पि.एच.डी गर्न पाउने सपना पुरा हुन लागेको ठानी अत्यन्तै गौरवान्वित र खुशी भएको बताए । घनश्याम आफ्नो अध्ययन-अनुसन्धान संगसंगै विभिन्न संघ-संस्थामा आवद्द रहि सामाजिक तथा व्यक्तिगत सहयोगका कार्यहरुमा अत्यन्तै अग्रसर रहंदै आएका छन् ।

सन् २०१९ सेप्टेम्वर बाट आफ्नो पि.एच.डी को अध्ययन अनुसन्धान सुरु गरेका घनश्यामले सामग्री संश्लेषण (Material Synthesis), सुपर क्यापेसिटर (Supercapacitor), ब्याट्रीहरू (Batteries), इन्धन सेल (Fuel cell) तथा इलेक्ट्रोकैटालिसिस (Electrocatalysis) जस्ता क्षेत्रमा १२ भन्दा बढी अनुसन्धान आलेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरिसकेका छन् ।
यसरी झन्डै पाँच वर्ष इ.पि.एस. मार्फत कामदारको रुपमा रहि आफ्नो नियमित अध्ययन अनुसन्धानलाई निरन्तरता दिएका घनश्यामले थप पाँच वर्षको अथक मेहनतका साथ भर्खरै पि.एच.डी. हासील गर्न सफल भएका छन्। शक्ति उत्पादन तथा यसको संचय (Energy generate and It’s Storage) सम्बन्धमा गरिएका खोज अनुसन्धानहरु देशको प्रविधि प्रवर्धन तथा विकासको लागि नेपाल जस्ता विकासशील देशहरुमा अत्यन्तै उपयोगी हुन्छन् ।

कामदारको रुपमा कोरिया प्रवेश गरेर झन्डै पाँच वर्षको पहिलो कार्यकाल पुरा गरी भौतिकशास्त्रमा १२ भन्दा बढी राष्ट्रिय-अन्तर्राष्ट्रिय जरनलमा अनुसन्धान आलेख प्रकाशित गर्दै घनश्यामले प्राप्त गरेको पि.एच.डी डिग्री हजारौँ युवाहरुकोलागि प्रेरणाको श्रोत बन्नेछ भने देशले एउटा सक्षम वैज्ञानिक प्राप्तीको अनुभव गर्नेछ।

अनुसन्धानका केहिँ तस्विरहरु तल छन् ।

प्रयोगशाला मा अनुसन्धान गर्दै ज्ञवाली