पाँच-स र इस्कोनको आयोजनामा गत आईतबार दक्षिण कोरियामा श्री जगन्नाथको रथ यात्रा भव्यताकासाथ सम्पन्न

गुरुदत्त न्यौपाने / सउल
दक्षिण कोरियामा रहेका नेपालीहरूको एकमात्र विशुद्ध आध्यात्मिक संगठन पाँच-स र श्री राधाकृष्ण मन्दिर पोछन सि, उइजङ्बु (ISKCON)को आयोजनामा गत आइतबार ७ जुलाई २०१९को दिन हरेक वर्षहरूमा झैँ यसपाली पनि भव्यताकासाथ श्री जगन्नाथ रथ यात्रा सम्पन्न भएको छ।
श्री जगन्नाथको रथ यात्रा विशेषत: भारतमा रहेको चार धाममध्येको एक जगन्नाथपुरी धाम उडिसामा हरेक वर्ष आषाढ़ शुक्ल द्वितीयाका दिन आरम्भ भई करिब १५ दिनसम्म भव्यताकासाथ मनाइन्छ।

यस रथ यात्राको धार्मिक तथा साँस्कृतिक महत्वलाई जोगाइराख्न अन्तराष्ट्रिय कृष्ण भावानामृत संघ (ISKCON)द्वारा विश्वभर अमेरिका, बेलायत,अस्ट्रेलिया लगायत विभिन्न देशहरूमा पनि श्री जगन्नाथ रथ यात्रा भव्यतासाथ आयोजना गर्दै आइरहेको छ।
दक्षिण कोरियामा विगत् ८ वर्षदेखि पोछन्सी, उइजङ्बु अवस्थित श्री राधाकृष्ण मन्दिर (ISKCON)ले पनि यसलाई विशेष महोत्सबको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ र गत वर्षदेखि पाँच-सले पनि सह-आयोजना गर्दै यस रथ यात्रालाई भव्य र सभ्य बनाई मनाउँदै आइरहेको छ।

यस रथयात्रामा प्रत्यक्ष सहभागी भई भगवान श्री जगन्नाथको नाम जप्नले आफ्नो सम्पूर्ण इच्छाहरू पुरा हुने र परिवारमा पनि सदैव सुख-शान्ति छाइरहने इत्यादि लाभ हुने कुरा पाँच-सको उपाध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिको नेपाली प्रतिनिधि महेश कोइराला ज्यूले बताउनु भयो।
सयौँको संङ्ख्यामा कोरियन,नेपाली,बगलादेशी,ईन्डियन म्यानमार तथा श्रिलङ्काका दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेख्य सहभागीता संगै कोरियाको पोछनमा भगवान जगन्नाथको रथलाई भजन कृतन गाउदै सहर परिक्रमा गरिएको थियो।

पाँच ‘स’ उपाध्यक्ष लोकराज न्यौपानेले प्रवासमा रहेरपनि आफ्नो कला,संस्कृती तथा धर्मलाई आफ्नै सम्झेर चर्को गर्मीको प्रवाह नगरी उपस्थित हुनुहुने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो।