कोरियामा प्रवासी श्रमिक माथी जवर्जस्ती घुसेको घुसपैठिया जस्तो व्यवहार गरिन्छ

आफ्नो देशबाट अर्को कुनै देशमा गएर श्रम गर्ने मान्छेलाई प्रवासी श्रमिक भनिन्छ । आफ्नो देशमा परिवारको साथमा बसि भबिस्य का सपनाहरु पूरा गर्न सक्ने अवस्था नभएका कारण प्रवासी श्रमिक विश्वका बिभिन्न देशमा गएर श्रम गर्न बिबस छन । आईएलओ को सन २०१८ को तथ्याङ्क अनुसार विश्व भरि बिभिन देशमा गएर काम गर्ने प्रवासी श्रमिक को कुल सङख्या १६४ मिलियन रहेको छ जसमा ९६ मिलियन पुरुष र ६८ मिलियन महिला रहेका छ ।

सन २०१३ मा यो सङ्ख्या १५० मिलियन थियो । यसरि बिदेशिने प्रवासी श्रमिक को सङ्ख्या बढदै गै राखेको छ । एक हिसाबले भन्दा विश्व प्रवासी श्रमिक बिना सम्भव छैन्। विश्व का अन्य देश जस्तै श्रम गर्न प्रवासी श्रमिक दक्षिण कोरिया आउने गरेका छन । कोरिया मा बिभिन्न माध्यम बाट प्रवासी श्रमिक भित्र्याउने गरिन्छ त्यो मध्ये एक इपिएस माध्यम पनि हो ।

कोरिया मा बिभिन्न माध्यमबाट श्रम गर्न आउने प्रवासी श्रमिक को सङ्ख्या ११ लाख नाघेको छ । कोरिया मा इपिएस माध्यम बाट काम गर्न आउने प्रवासी श्रमिक को निम्ति लागु गरिएको इपियस मा कम्पनी स्वईच्छाले परिवर्तन गर्न पाउने अधिकार छैन ।

सबै निर्णय प्रवासी श्रमिक आफुले होइन कम्पनी मालिक ले गर्ने गर्छ किन कि कम्पनी संग त्यस्तो सम्झौता गर्न इपिएस ले प्रवासी श्रमिक लाई बाध्य तुल्याएको हुन्छ । मजदुर कानुन अनुसार समान सेवा सुबिधा पाउनु ब्यबहार राम्रो गरिनु प्रवासी श्रमिकको पनि अधिकार हो।मजदुरि गर्ने क्रममा कुनै दुर्घटनामा नपरी स्वस्थ्य भई जिउने अधिकार सबै श्रमिक लाई छ । तर कोरिया मा प्रवासी श्रमिक माथी ठिक बिपरित ब्यबहार गरिन्छ ।

सेवा सुबिधा र हक अधिकार माथी कुठाराघात गरिएको छ भने मजदुरी गर्ने क्रममा रोजगारदाता को लापरबाही- काम गर्दा सुरक्षा सम्बन्धि आवस्यक उपकरण को कमि) का कारण अकालमै ज्यान गुमाउन र अंग भंग हुन प्रवासी श्रमिक बिबस छ्न।

दैनिक १३/१३ घण्टा काम गरि महिनामा ३० दिन काम गरेबापत बेसिक ज्याला समेत पाउदैनन प्रवासी श्रमिक । कोरियाली मजदुरले केही भएपनी मजदुर कानुन मा संरक्षण प्राप्त गरेको भए पनि प्रवासी श्रमिक लाई कोरियामा श्रमिकको दर्जा बाट कोसौ दुर दास बनाएर राखेको छ ।

आफू माथी भएको अन्याय को लागि न्याय माग्न सम्बन्धित निकाय मा जाने हो भने उल्टो पीडित को कुरा लाई भन्दा पनि पिडक को कुरा लाई मात्र प्राथमिकता दिइन्छ । विभिन्न झुठा आरोप मा प्रवासी श्रमिक लाई सजाय पनि दिइन्छ । बिदेशी भएकै कारण कार्य स्थल मा आफू भन्दा सानो उमेर को कोरियन ले समेत होच्याएर हेर्ने गर्छ। प्रवासी श्रमिक को दैनिकी कार्यस्थल मा धम्की, कुटपिट , गाली गलौच र दुव्र्यवहार को सामना गरेर सुरु हुन्छ।

प्लास्टिक को घर, कन्टेनर मा मानिस बस्न सक्छ र त्यो पनि लाखौ भाडा तिरेर तर पनि प्रवासी श्र ट्वाइलेट , बाथरुम, पानी नभएको र गर्मी मा ४०/४० डिग्री तापक्रम भएको थोत्रो कन्टेनर जस्को एउटा कोठा मा चार चार जना को दर ले लाखौ भाडा तिरेर बस्नु पर्ने बाध्यता छ । बर्षायाम मा पानी पर्दा बर्सात को पानी पुरै भित्र पस्ने बोइलर बिनाको कोठा को लाखौं भाडा तिरेर बस्न बाध्य बनाइएको छ।

काम गर्दै गर्दा कामको कारण या अन्य कुनै कारण बिरामी हुनुपरे पनि चुपचाप सहिबस्नु पर्ने हुन्छ उपचार गर्न या कामको कारण भए कार्यस्थल परिवर्तन गर्न मिल्दैन । उल्टो काम गर्न मन नभए आफ्नो देश फिर्ता जा होइन भने काम गर नभए गैरकानुनी बनाईदिने धम्की दिने गरिन्छ कोरियामा। कोरिया मा महिला दिदी बहिनी लाई कानुनमै पुर्ण अधिकार भए पनि प्रवासी महिला श्रमिक माथी भने कार्यस्थल हातपात र अभद्र व्यबहार गरिदा समेत ठुलै प्रमाण जुटाउनु पर्ने हुन्छ ।

प्रवासी श्रमिक कोरिया जवर्जस्ती आएको हुदैन कम्पनी लाई आवास्यकता परेको भएर कम्पनी ले लिएर आएको हुन्छ तर प्रवासी श्रमिक माथि कोरिया मा जवर्जस्ती पसेको घुस पैठिया को जस्तो व्यबहार गरिन्छ। अपराधीक गतिविधि गर्ने अपराधी सोचिन्छ र खानै नपाएर आएको कंगाल जस्तो नजर ले हेरिन्छ कोरिया मा ।

रोजगारदाता लाई प्रवासी श्रमिक ले गधाले जस्तो काम गर्न सकेन ,सधै उसको बफादार दास जस्तो भएर नजर झुकाएर हेरेन र कम्मर भाच्चिने गरि ढोगेन भने राम्रो मान्दैन। कार्य स्थल मा धम्की, कुटपिट, गाली- गलौच र अनेकन अभद्र व्यबहार को सामना गर्नुपर्ने बाध्यता छ ।

प्रवासी श्रमिक योन हिंसा को सिकार हुन, कुटपिट र गाली सहन कोरिया आएको होइन । प्रवासी श्रमिक ले कोरियन नागरिक लाई ठेगना सोधेकै भर मा जेल जानु पर्छ तर कार्यस्थल मा प्रवासी श्रमिक माथी कुटपिट,गाली गलौच, दुव्र्यवहार भैइ रहदा प्रमाणित गराउन गाह्रो हुन्छ । के प्रवासी श्रमिक बिदेशी भएकै भएर यसो भएको हो र ? कोरिया मा प्रवासी श्रमिक ले बिभिद धार्मिक , जातिय,बर्णिय विभेद को सामना गर्नु परेको छ। कोरिया को सार्वजनिक स्थान या सार्वजनिक यातायात का साधन प्रयोग गर्दा प्रवासी श्रमिक लाई फरक दृस्ठिकोण बाट हेर्ने गरिन्छ । प्रवासी श्रमिक पनि कोरियन जस्तै मानिस अनि श्रमिक हुन।

अभद्र ब्यबहार गर्दा किन यस्को विरुद्ध मा कुरा उठाउन सक्दैन त प्रवासी श्रमिक ? प्रवासी श्रमिक कोरियन नागरिक न भएकै कारणले किन भेद भाव भोग्नु परेको होला? कोरियन सरकार ले प्रवासी मजदुर को आवस्यकता परेर ल्याए को भए पनि किन दास को जस्तो ब्यबहार गर्छ प्रवासी श्रमिक माथि।

प्रवासी श्रमिक स्वयम् ले आफ्नो अधिकार को बारेमा आवाज उठाएन भने अरु कसैले प्रवासी श्रमिक को अधिकार को निम्ति आवाज उठाउने बाला छैन। चुपलागेर बसेमा आफ्नो अधिकार प्राप्त हुनेवाला छैन।त्यसकारण सबै प्रवासी श्रमिक आफ्नो हक अधिकार का निम्ति आफू खुशी कार्यस्थल परिवर्तन गर्न पाउने नियम सहित को डब्लुपियस का लागि र प्रवासी श्रमिक माथी गरिने विभिन्न भेद भाव अन्त का लागि एकजुट भएर दवाव शृजना गर्न नितान्त जरुरी छ ।

मधुसुदन ओझा

सचिव प्रवासी श्रमिक युनियन दक्षिण कोरिया