हामीले इमरान खानलाई हेरेर थुक निल्नुपर्ने? प्रधानमन्त्रीलाई अलिकति उक्साउन पर्यो हो सल्लाहकार महोदयहरु ।

अर्काको देशको नेतृत्वको तारिफ गर्नु साटो आफ्नो देशको नेतृत्वको तारिफ गर्न पाए क्या मज्जा आउँथ्यो । तर त्यस्तो अवसर खै किन हो, हामीलाई प्राप्त हुन सकेको छैन। यो सरकारको शुरुवाती दिनमा त्यो छाँट पनि नदेखि एको होइन तर हात्ती आउँदा आउँदै फुस्सा भयो । तर फुस्सा भै हाल्या पनि नभनौँ । हात्ती आउँदै गरेको पनि हुन सक्छ ।

सरकारसँग अझै ४ वर्ष छ । २ पार्टी अध्यक्षबीचको भागबन्डालाई मान्दा पनि प्रधानमन्त्री ओलीसँग डेढ वर्ष छ । ४ वर्ष नै ओली प्रधान मन्त्री बनुन् शुभकामना छ तर डेढ वर्ष मात्र बाँकी छ भने पनि यो समय कम होइन । अन्य देशका नेतृत्वको कुरा गरिहाले ।पाकिस्तानी प्रधानमन्त्रीको कुरा गर्दा कसैकसैले भन्न सक्दछन् कि यति चाँडै मुल्याङकन नगराैँ ।

तर अंग्रेजीमा एउटा भनाई छ कि द मर्नीङ शो द डे विहानीले दिको संकेत त गर्छ नै गर्छ । शायद ६/७ महिना मात्र भयो कि इमारान खानले कुर्सी समालेको । केहि दिन अघि उनि अमेरीकाको भ्रमण बाट फर्कीदा पाकिस्तानमा मध्यरात भैसकेको थियो । मध्य रातमा आफ्ना प्रधानमन्त्रीलाई स्वागत गर्न हजारौँ जनता सडकमा उत्रिन्छन् भने मान्नै पर्छ उनमा केही खास छ । इमारानको उदयसँगै पाकिस्तानका जेलहरु ठु्ला भ्रष्टाचारीहरुबाट भरीन थालेका छन् ।

सत्ता सम्हालेको ६ महिनामा २ जना पुर्व प्रधानमन्त्री लाई जेल हाल्न एउटै कुरा चाहिन्छ, मुटु । त्यो भन्दा पनि महत्वपुर्ण कुरा वासीङटन डिसिमा इमरान खानले दिएको मन्तव्य भित्र थियो । जसलाई प्रस्तुत गर्न सान्दर्भीक ठान्दछु । भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगिरहेका पुर्व प्रधानमन्त्री नवाज सरिफका बिषयमा टिप्पणी गर्दै उनले भने नवाज सरिफ जेलभित्र एसीको सुविधा लिइरहेका छन्, घरबाट ल्याएको खाना खाइरहेका छन ।

एउटा भ्रष्टाचारीलाई यो सुविधा दिन कदापी सकिदैन । म पाकिस्तान फर्केर उनको एसी हटाउँछु र घरबाट खाना ल्याउनदिने काम बन्द गर्छु। उनले अर्को कुरा पनि बताए कि केही भ्रष्टाचारीहरु विरामी परेको नाटक गरेर अस्पतालमा आनन्दले सुतिरहेका छन तिन लाई पनि जेलमै फिर्ता लगेर उपचारको व्यवस्था गर्छु । आजको दिनमा हामीले, हाम्रो जस्तो भ्रष्टाचारले थिचेर मराणसन्न परेको मुलुकमा सरकार प्रमुखबाट यति पनि अपेक्षा नगर्ने ?

भ्रष्टाचार र अन्य वेथितिका हिसाबले पाकिस्तान र नेपालको अवस्था उस्तै छ।अझ पाकिस्तानलाई त आंतकवादले गर्दा हामीलाई भन्दा ग्राहो परिस्थीतिको सामना गर्नु परेको छ। क्रीकेटरका रुपमा सुपरस्टार लक्जरीयस लाइफ बाँचेका, संसार देखेका घुमेका, करोडौँ कमाएका इमारानलाई के जरुरत थियो। प्रधानमन्त्रीको सरकारी भवनलाई युनिभर्सीर्टी बनाएर आँफु सानो घरमा बस्न ।गर्न चाहनेको छाँटकाट नै वेग्लै हुन्छ ।

धेरै राजनीतिज्ञको बुझाई्र र भनाइ छ कि हाम्रो दुर्भाग्य भारत जस्तो छिमेकी हुनु हो, ह्वाट एबाउट पाकिस्तान ? भारत छिमेकी हुनु नै सबै भन्दा ठुलो पिडा हो भने त्यो पिडा हामीलाई भन्दा बढी पाकिस्तान लाइ्र्र छ । भारत,चाइना, अमेरीका इयुलाई दोष देखाएर कतिन्जेल यो मुलुकलाई दुखमा राख्ने ? त्यसैले हाम्रा प्रधानमन्त्रीले पनि धेरै केही गर्नै पर्दैन।

३÷४ वटा काम गर्ने आँट मात्र गरुन उनलाई आजीवन प्रधान मन्त्री बनाउन कार्यकता होइन जनता सडकमा उर्लिन्छन् । भ्याट छली र करछली गर्ने ठुला कम्पनीलाई लेकिन किन्तु बट परन्तु तर नभनी कारवाही, वाइडबढी खरिदमा घोटाला भएकोछ, घोटाला गर्ने लाई आँखा बन्द गरेर कारवाही गर्ने, विपक्षी दलको ठुलै नेता भए त टन्टै साफ आफ्नै दलका ठुलाठुला नेता भएपनि आँखा बन्द गरिदिने, एकैचोटी जेल छिरेपछी ला. भनिदिने ।तेस्रो, बालुवाटार जग्गा प्रकरणमा गुरुङ,ढकाल, पौडेल, नेपाल, खनाल केही नहेरी छापामार शैलीमै आँट गरेर स्ट्राइक गर्ने ।

अहिलेलाई यत्ती मात्रै काम गर्न सक्ने साहस प्रधान मन्त्रीले राखे, नेपालमा इमरानको चर्चा मैले नेशनल टेलिभिजनमा गरेको जसरी पाकिस्तान, युक्रेन, भुटान जस्ता देशमा नेपालका प्रधानमन्त्रीको बयान त्यहाका टेलिभिजन कर्मीले गर्ने छन । कार्यकाल ४ वर्ष बाँकी होला वा अर्का अध्यक्षसँग भएको भनिएको लिखित मौखीक सहमती अनुसार डेढ वर्ष मात्रै किन बाँकी नहोस । एक एक दिनलाई उपयोगी बनाउन सक्ने क्षमता हाम्रा प्रधानमन्त्रीले राख्नै पर्छ ।

वालुवाटार र सिंह दरबारमा फोटो त धेरैको छ तर जनताको मनमा फोटो राख्न केहिले पनि रोकेको छैन। दुई तिहाइको सरकार, चट्टानी अडान लिन सक्ने प्रधानमन्त्री, बाल बच्चाको लागि सम्पत्ती कमाइदिन नपर्ने, बोनसमा प्राप्त जीवन। यस्तो गोल्डेन मात्रै होइन डाइमण्ड अवसर यो देशले कहिल्यै पाउँदैन। यस्तो डाइमण्ड अवसर पाउँदा पनि हामीले इमरान खानलाई हेरेर थुक निल्नु पर्ने ? लौन प्रधानमन्त्रीलाई अलिकति उक्साउन पर्यो हो सल्लाहकार महोदयहरु ।