एनआरएन कोरियाका मतदातालाई बैरागी माहिलाको सुझाब – आफ्नो भोट तेह्रसयको सोजुको बोत्तलमा नबेच्नुस !

कोरिया समाचार

दक्षिण कोरिया यतिबेला एनआरएनको चुनावी माहोलले तातिरहेको छ। गैर आवासिय नेपाली संघ कोरियाको चुनाब आउन लागेसंगै यहाँका ब्याबसायी तथा रोजगारीको शिलशिलामा रहने नेपालीहरुले बिभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

यससंगै कोरियामा रहेका नेपालीहरुले चुनाबलाई लक्षित गरेर आफ्ना तर्क बितर्कहरु सामाजिक सन्जाल मार्फत पोस्ट गरेका छन ।यससंगै लामो समयदेखी कोरियामा कार्यरत सामाजिक ब्याक्तित्व बैरागी माहिलाले झटारो शैलिमा केही बिकाउ मतदातालाई लक्षित गरेर एउटा स्ट्याटस पोस्ट गरेका छन ।

हेर्नुहोस उनको स्ट्याटस जस्ताको तस्तै

तपाईं दलाल कि भोटर ???
कोरिया मा NRN को चुनाब नजिकिदै गर्दा फेस्बुक का भित्ता हरु उमेदवार ले रंगीचंगी छ्न हुन त तिज पनि आउन लाग्यो यो मौसम नै रमाइलो हो । कोरिया मा धेरै साथी भाइ हरुका गुनासा सुनियो पनि जस्ले भात खान दिन्छ , जस्ले रक्सी बियर खान दिन्छ , जस्ले आउने जाने भाडा दिन्छ ? जस्ले फर्म भर्दिन्छ उसैलाई भोट दिने रे , साथीहरू का माग दिनप्रतिदिन बडदै गरेका छ्न ।

तर मेरो बिचार अलि फरक छ ।हामी सबैले आफ्नु खर्च आफै गरौ मन परेको उमेदवार लाई जिताउ भोलि राम्रो काम गरेन भने भोक्रो सुकन जानी गालि गरौ आफ्नु अधिकार सुनिश्चित गरौ ।अहिले भोट राख्ने बेलामा तपाईं आफै बेचिनुन्छ भने तपाईंले जितायको उमेदवार ले केही गलत काम गर्दै हिडेपनी तपाइको बोल्ने अधिकार रहदैन ।

म फेरि पनि भन्छु तपाईंको भोट अमुल्य छ यदि सबै खर्च उमेदवार ले बेहोर्देन भने मैले किन भोट दिने तेस्लाइ भन्ने कुतर्क तपाई मा छ भने तपाई साच्चिकै भेडो हो तपाईं न आय पनि चुनाब हुन्छ मात्र दस भोट खसेपनी यहाँ हारजित हुन्छ ।केही फरक प्रदैन ।तर केहुन्छ भने तपाईंको आफ्नु राम्रो उमेदवार ले अबसर गुमाउन सक्छ यो भुल नगर्नुहोस् ।

कोरिया आयर पनि आफ्नु मताधिकार बेच्नु हुन्छ भने साच्चै तपाई दलाल हो यो दलाल हुन बाट जोगिनुस आफ्नु शिर ठाडो पारेर हिडन सक्ने हिक्मत राख्नुस आफ्नु भोट तेर्ह सयको सोजु (रक्सी) मा नबेच्नुस ।धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *