प्रधानमन्त्री के.पी ओली लाई कोरियाबाट एक यूवाको खुल्लापत्र !

कोरिया समाचार

सम्माननिय प्रधानमन्त्री ज्यू , नमस्कार 
 
कुनैसमयमा महान् बैज्ञानिक `थाेमस् एल्बा एडिसन ´ ले बिजुलीको बल्ब देखेर अहिले सँसारलाई नै उज्यालो बनाउने बिधुतकाे अाबिष्कार गरे , `राइट ब्राेदर ´ले अाकाशमा उडेकाे चरा देखेर हवाईजहाजकाे अाबिष्कार गरे , `एलेक्स जेन्डर ग्रामबेल ´ ले सँसारलाई नै साँघुराे पार्ने टेलिफोनकाे अाबिष्कार गरे । पूर्व- पश्चिम रेल कुदाउने , सबैकाे घरघरमा ग्याँसपाइप जाेड्ने , काेशीमा पानीजहाज चलाउने जस्ता सपना देख्नु अनावश्यक हाेईनन् । तर कुनै पनि सपना अाफ्नाे क्षमता, दक्षता र अावश्यकता अनुसार देख्नु जरुरी छ ।

अहिलेकाे परिवेशमा नेपालीले सहज र सुलभ तरिकाले यात्रा गर्न पाउनु , भनेकाे बेला ग्याँस उपलब्ध हुनु , करिब सानाठूला गरेर ६०० भन्दाबढी रहेका खाेला-नालाबाट नेपालीलाई अावश्यक पर्ने बिधुत उत्पादन गरेर लाेडसेडिङ निर्मुल पार्न सक्नु बढि उपलब्धिमुलक कार्य हाेला महाेदय ! 

धनवानकाे व्यापार , नङ्गाकाे भगवान् र भाेगकाे राजनीति हाे । तर हाम्राे देशमा जस्ले जति चलखेल गर्न सक्याे ,जस्ले जति पैसा बाड्न सक्याे , जस्ले जनतालाई धेरै भ्रम फैलाउन सक्याे उहीँ नै राजनीतिकाे अग्रपंक्तिमा छ । विश्वकाे हरेक इतिहास कालखण्डमा महान राजनितिज्ञहरु जन्मिएका थिए र छन् । उनीहरूकाे याेगदान अतुलनीय छ । जस्तो कि `जज वासिङ्टन´ काे पहलमा अमेरिका सम्पन्न भाे , `दिङ सि वाङ्दि´ काे नेतृत्वमा चीन महान भाे , `बिटुर द गेरेट´ काे प्रयासले रसिया विश्वविशाल भाे , `पार्क चुङ ली ´ काे याेगदानमा दक्षिण काेरियाले छाेटाे समयमा विकासको छलाङ् मार्याे , ` लिक वान यु ´ काे सहि रणनीति र कार्ययोजनाले सिङ्गापुर ३० बर्ष भित्र तेस्रो विश्वबाट पहिलाे विश्वमा उत्रियाे , ` नेल्सन मन्डेला´ काे तपस्याले अफ्रिकाको अध्यारो हट्याे । दक्षिण अफ्रिका विश्वव्यापारकाे गन्तव्य बन्याे ।

नेपालले पनि धेरै राजनितिज्ञहरु जन्मायाे । सबैकाे विवादित नाम लिउँ वा नलिउँ तर पृथ्वीनारायण शाह देखि अहिलेसम्म धेरै राजनीतिज्ञहरु जन्मिएका छन् । कति मारिए कति काे टाइमिङ मिलेन भन्छन् । जस्ताे कि  बि.पी काेइराला र राजा महेन्द्र , मारिएकाकाे नाम लिदाँ मदन भण्डारी ! अब देशले कहिले स्पष्ट कार्यनीति, नेतृत्व र समृद्ध देशकाे खाका तयार पारेर देशलाई विकासतिर अग्रसर गर्ने नेता पाउछँ प्रधानमन्त्री ज्यू ?

हजुर प्रथम पटक प्रधानमन्त्री हुदाँ भारतकाे नाकाबन्दीलाई प्रतिवाद गरेर चीनसगँ सम्झाैता गरिरहदाँ नेपाली जनताले हजुरकाे गुनगान गाएकै हुन् । अब देशले सक्षम नेतृत्व गर्न नेता पायाे भनेर जनताले हाई-हाई गरेका हुन् । तर जुन हिसाबमा हजुरकाे प्रथम पटककाे हाई-हाई थियाे । त्याे हाई-हाई द्राेस्राे पटक प्रधानमन्त्री हुदाँ बाई-बाई मा परिणत हुन थालिसकेकाे छ । जनताले हजुरप्रति गरेका अाशाहरु निराशामा परिवर्तन हुन थालिसकेका छन् । हजुरले चुनावकाे बेला गरेका प्रतिज्ञा , बाचा र कबुलहरु जनताले हास्यास्पद उखानटुक्का का रुपमा लिन थालिसकेका छन् ।

नेपालकाे इतिहासमा अहिलेकाे याे बामपंथी दुई तिहाइ सरकार सबैभन्दा शक्तिशाली सरकार हाे । विध्यादेवि भण्डारी राष्ट्रपति , के.पी शर्मा अाेलि प्रधानमन्त्री ,रामबहादुर थापा(बादल) गृहमन्त्री ,गाेभ्रनर डा. युवराज खतिवडा अर्थमन्त्री , प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री ,गाेकर्ण बिष्ट श्रम तथा राेजगार मन्त्री हुदाँ देशले विकासकाे गति लिन सकेन भने नेपाली जनताले कस्काे नेतृत्व हुदाँ र कहिले विकासकाे अप्रेक्षा गर्ने महाेदय ? 

 पुँजीवादले ढयाप्पै ढाकेकाे समाज भनाै वा राेजगारकाे अभाब भनाै देशमा केहि सिप नलागेपछि म अहिले राेजगारकाे सिलसिलामा दक्षिण काेरियामा छु । म त एउटा प्रर्तिनिधि पात्र मात्र हाे । ६० लाख भन्दाबढी युवायुवतीहरु प्रवासी हुन बाध्य छन् ।  म हजुरलाई एउटा सानाे सम्बाद सुनाउन चाहान्छु । अाजभन्दा केहिदिन अघि गाउँकै एकजना साथीसँग मेराे भेट भयाे । उसले भन्याे , ” खै किन किन छाेरी जन्मेपछि हिजाेअाज मलाई त घर जाऊ जाऊ जस्तै भकाे छ । काममा मन नि जादैन् यार ! फेरि घर जाऊ भनेपनि राेजगार छैन् । नजाऊ भने छाेरीकाे कलिलो अाखाँले बाबु खाेजिरहेकाे छ ।

बाबाअामाकाे याद नि सारै अाउछँ फेरि उनी नि उता एकलै एकलै म नि यता एकलै एकलै ।” याे साथीका मनका व्यथा वास्तवमा सबै परदेशी युवाका व्यथा हुन् । भिडियाे कल  गरेर चित्त बुझाउदै अाफ्ना छाेराछाेरी हुर्केको हेर्नुपर्ने पीडा धेरै परदेशीहरुकाे छ । छुट्टीमा घर जादाँ सानी छाेरीले अाफुलाई अँकल भनेर बाेलाउदा परदेशीलाई कस्ताे हुन्छ हाेला ? पासपोर्ट च्यातेर मिल्काउदै छाेरीलाई छातीमा च्याप्दै छाेरी म तिम्रो अँकल हाेईन् बाबू हाे भन्न मन लाग्छ हाेला । तर के गर्नु हामी त्याे जाबाे कागज च्यात्न सक्दैनौं । एउटा युवक अाखाँभरि रहर बाेकेर परदेश पुग्छ अनि तिनै अाखाँभरि अाशु र मनभरि यादहरु बाेकेर बाचिरहन्छ । कसैका रहरहरु पूरा हुन्छन् त कसैका अधुरा ! काेहि बाकसमा रहर पुरा गर्ने धन बाेकेर फर्किन्छन् त काेहि बाकसमा अाफ्नै जीन्दगी बन्द गरेर फर्किन्छन् । दैनिक तीन चार जना नेपालीहरु परदेशबाट बन्द बाकसमा फर्किन्छन ।
बन्द ठुलाे बाकसमा !
फर्कियाे उड्दै अाकाशमा!
अन्धकार भयाे गाउँघर !
दियाे निभ्दा प्रवासमा
उसलाई हेर्दै पर्खेकाे बाटाे रुन्छ कि रुदैन् ?
एउटा परदेशी मर्दा माटाे रुन्छ कि रुदैन् ?

म जस्ताे युवाले अाफ्नाे देशकाे स्थायी परराष्ट्रनीति नभएकाेमा धेरै चिन्ता गरिन्! देशकाे अाफ्नाे राष्ट्रिय सुरक्षानीति नभएकाेमा कुनै चिन्ता गरिन्! याे देशकाे राष्ट्रिय दिन (National day ) परिचान नभएकोमा चिन्ता गरिन्! याे देशकाे राष्ट्रिय पाेसाक के हाे ? राष्ट्रिय खाना के हाे ? राष्ट्रिय खेल के हाे ? राष्ट्रिय चरा के हाे ? भनेर मैले चिन्ता गरिन भने चिन्ता कसले गर्छ ??? अनि पासपोर्ट बाेकेर काे बाहिर जान्छ ?? याे मेराे पुस्ताकाे चलन हाे । याे मेराे पुस्ताकाे पीडा हाे । याे मेराे पुस्ताकाे अाक्राेश हाे । याे मेराे पुस्ताकाे अाशु हाे र तपाई प्रति शब्दको ज्वाला पनि हाे । हामीले सधै यसैगरी शब्दहरुकाे अाक्राेशहरु पाेखेर याे देशकाे विकास हुन्छ भन्न छाडिसकेका छाै किनकि याे देशकाे उच्चअाेहदामा रहेर नेतृत्व गर्नहरुसगँ देश विकास गर्ने मानसिकता छैन् , सङ्कल्प छैन् ,देशकाे प्रेम छैन् ।

हामी त्यस्ताे राष्ट्रियताकाे पुजा गरिरहेका छाै जहाँ जनता बिनाकारण मारिएका छन् , फसाईएका छन् । पैसा र राजनीतिक शक्तिकाे अाडमा बलियाले निर्दालाई दबाएका छन् । व्यक्तिकाे शासन छ, सक्नेले मनपरितन्त्र गरिरहेका छन् । एक घन्टाकाे सम्बाेधनमा नरेन्द्र माेदीले संसदमा भाषण गरेर हामीलाई सम्झाउनुपर्छ हाम्रो राष्ट्रियता ! जुम्लामा जडिबुटी छ , मुस्ताङमा स्याऊ छ , पाेखरा पर्यटन का लागि अाक्रर्षण गन्तव्य बन्नसक्छ । अझ उनले दिएकाे थेउरि पनि छ HIT ( Hydro – information Technology) याे सबै उनकाे अावाजकाे घन्ले हाम्राे कानमा ठाेकेपछि हामीलाई अाफ्नाे देशकाे धेरै माया लागेर अाउँछ अनि हामी संसदमा क्या गड-गडले ताली बजाउछाै कसै कसैले त टेबुलपनि ठटाउछाै । वा राष्ट्रियता ! वा स्वाभिमान !धन्यवाद !                 
– माधब न्याैपाने (दक्षिण काेरिया )

Leave a Reply

Your email address will not be published. Required fields are marked *