सेनाको त्रिशूल

मुख्य समाचार

काठमाडौँको भद्रकाली (लुमडी) मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु देवाधिदेव महादेवका प्रिय वस्तु हुन्। महाशिवरात्रिलाई सैनिक दिवस (आर्मी डे) मान्ने नेपाली सेनामा विभिन्न धर्म, क्षेत्र, जातजाति र समुदायको प्रतिनिधित्व भएको छ भने सनातन धर्म÷संस्कृतिप्रतिको विश्वासबाट सेना विचलित नभएको पनि जगजाहेर छ।मुख्यालयको आँगनमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक राखेको सेनाले विभिन्न जिल्लास्थित ब्यारेकमा राष्ट्रनिर्माताको तस्बिर राखेको छ। पृथ्वीनारायणको सालिक भत्काएर राज्यसत्तामा पुग्नेहरूलाई यस्तो दृश्य आँखाको कसिंगर जस्तो लाग्न सक्छ। तर सेनाले राष्ट्र र आफ्नो संगठनका जन्मदाता पृथ्वीनारायणलाई सम्मान गरेकामा धन्यवाद दिनैपर्छ।

प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेटेको हुँदै होइन भन्दै सरकारले झुटो बोल्यो। यो कथन कैयन् सरकारी झुटोमध्येको एक थियो।
राष्ट्र निर्माण र विध्वंश दुवैमा धर्मका नाममा अनेक प्रयत्न वा दुस्साहस भएको विश्व इतिहासले देखाएको छ। ब्रिटेनबाट स्वतन्त्र हुन चाहने तेह्रवटा उपनिवेश (कोलोनी)ं इसाई बाहुल्य भएको क्षेत्र भएकाले ‘अमेरिका’ नामको स्वाधीन राष्ट्र बनाउन उनीहरूले संयुक्त आन्दोलन गरे। फलतः सन् १७७६ को जुलाइ ४ तारिखमा स्वतन्त्रताको घोषणा भयो। अमेरिकालाई स्वाधीन बनाउन गृहयुद्ध नै भए पनि एउटा परिणाममा पुग्न सैनिक पृष्ठभूमिका नेता जर्ज वासिङ्टनको भूमिका अत्यन्त महŒवपूर्ण थियो। त्यसैले उनलाई अमेरिकीहरू आज पनि श्रद्धापूर्वक सम्झने गर्छन्।कतिपय अफ्रिकी र ल्याटिन अमेरिकी राष्ट्रमा युरोपेली राष्ट्रले शासन गर्दा सरल जनतालाई धर्म परिवर्तन गराइयो। तर जब ती राष्ट्रले स्वतन्त्रता माग्दै विद्रोह गरे, तब बाध्य भएर विदेशी मालिकहरू कुम्लो–कुटुरोसहित फर्किए। ती राष्ट्रका अतुल्य–अमूल्य प्राकृतिक स्रोत कब्जा गर्न रैथाने जनतालाई आपसमा कलह गराउनैपर्ने भयो। पहिले ‘हामी सबै क्रिस्चियन’ भन्दै एकीकृत गरिएको थियो तर लडाउने, भिडाउने बेलामा हुतु र तुत्सीलगायतका जातीय विद्वेषको आगो सल्काइयो।

‘सेनाले राष्ट्र बचाउनुपर्छ’ भन्ने थेगो धेरैले प्रयोग गरेको पाइन्छ। तर प्रश्न उठ्छ राष्ट्र भनेको के हो ? राष्ट्रको धर्म, संस्कृति, परम्परा र त्यससँग गाँसिएका मूल्य÷मान्यताको जगेर्ना गर्नुपर्छ कि पर्दैन ? पर्छ भने प्राचीन धर्म र संस्कृतिलाई निर्मूल गर्न चाहने स्वदेशी÷विदेशीप्रति नेपाली सेनाको दृष्टिकोण के छ ? वर्तमान संविधानलाई दुई÷चार पल्ट पढेर पुग्दैन, दशौँपल्ट पढ्नुपर्छ। संविधान रष्ट्रियताको सुदृढीकरणमा कति सहयोगी बनेको छ ? संविधानमा लेखिएको ‘धर्म निरपेक्ष’ भनेको प्राचीन र मौलिक धर्म मास्ने प्रपञ्च हो कि होइन ? धर्म निरपेक्ष शब्दले त्रिशूल र डमरुको सम्मान गर्छ कि गर्दैन ? तसर्थ सरकारको ‘निर्देशन मान्ने’ र ‘संविधानअनुसार’ कर्तव्यपालन गर्ने जस्ता प्राविधिक उत्तरले त्रिशूल र डमरुको अर्थ खुल्दैन। जसरी ब्रिटेन, इजरायल, जर्मनी वा पाकिस्तानको सेनाले मौलिक धर्म÷संस्कृतिमाथिको हमला सहँदैन, त्यसरी नै नेपाली सेनाले पनि स्पष्ट बोल्न सक्नुपर्छ।आजको जटिल भूराजनीतिक, कूटनीतिक, रणनीतिक र सामरिक छलकपट हेर्दा नेपालका विभिन्न राजनीतिक शक्तिभित्रै बाह्य शक्तिका ‘प्रतिनिधि’ सक्रिय रहेको आँकलन गर्न सकिन्छ। सेनाले यस कुराको हिसाबकिताब राखेकै हुनुपर्छ र ‘एचक्यु’ भित्रै भाइरस छन् भने त्यसको सडएन परीक्षण गरेर भाइरसलाई निर्मुल गर्न सक्नुपर्छ।

हालै, भारतीय गुप्तचर संस्थाका प्रमुखले सुटुक्क नेपाल आएर मध्यराततिर प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेको कुरा ‘स्थापित’ सञ्चारमाध्यमहरूले ‘उच्च सुरक्षा सूत्र’ मार्फत खुलासा गरेका छन्। पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग पनि भारतीय गुप्तचर प्रमुखले घन्टौँसम्म वार्ता गरेको कुरा सञ्चारमाध्यमहरूमा आए। प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेटेको हुँदै होइन भन्दै सरकारले झुटो बोल्यो। यो कथन कैयन् सरकारी झुटोमध्येको एक थियो।नेपाली कांग्रेसले ‘प्रमुख प्रतिपक्षी’ दलको बिल्ला लगाए पनि सत्ता प्राप्तिबाहेक उसको अर्को स्पष्ट लक्ष्य देखिँदैन। कांग्रेसले गतिलो काम गरेको भए दुईतिहाइ नाममा ‘डबल सी’ (कम्युनिस्ट–क्रिस्चियन) शासन हुने थिएन। पति धृतराष्ट्र दृष्टिविहीन भएकाले गान्धारीले पनि आँखामा पट्टी बाँधेको महाभारतको कथा हामीले पढेका छौँ। तर बाह्रबुँदेमा कांग्रेसले दिल्लीमा गएर सम्झौता गर्दा वामपन्थीहरू लुरुलुरु पछि लागे। अहिले पनि दिल्लीले नेपालका प्रायः सबै दललाई हल्लाउँदा आँखामा पट्टी बाँध्ने प्रवृत्तिले राष्ट्रलाई कहाँ पु¥याउँछ ? यो प्रश्नले धेरैलाई घोच्ने गर्छ।
जसरी ब्रिटेन, इजरायल, जर्मनी वा पाकिस्तानको सेनाले मौलिक धर्म÷संस्कृतिमाथिको हमला सहँदैन, त्यसरी नै नेपाली सेनाले पनि स्पष्ट बोल्न सक्नुपर्छ। अन्तर्राष्ट्रिय मापदण्ड, अडान, आदर्श र अठोटबाट विचलित भएर सेनाले पनि जागिरमात्र खाने सोच बनायो भने त्रिशूल र डमरु खेलौना मात्र हुनेछन्। त्यो बेला बिलौना गर्नुको अर्थ रहने छैन।

रोमन विद्वान् सेनेकाले (इसापूर्व ३–६५) पश्चिमी मार्ग हुँदै भारत पुग्न सकिन्छ भन्ने मार्गचित्र (जलमार्ग प्रयोगका लागि) बनाए। मध्यकालसम्म युरोपका व्यापारीले सुदूरपूर्वी एसियाका चीन, मलाया, इन्डोनेसिया आदि देशबाट रेशम, हस्तिहाड, गलैँचा र मसला लगेर बेच्ने गर्थे। फ्लोरेन्स, रोम, सिसली र भेनिस जस्ता शहर विकसित भइसकेका थिए इटलीमा। चन्दन (श्रीखण्ड) युरोपका धनी मानिसहरूको प्रिय वस्तु थियो। तर जब तुर्कहरूले कन्स्टेन्टनेपलमा हमला गरेर व्यापार मार्गमा नाकाबन्दी गरे तब युरोपको व्यापार घट्दै गयो। कुनै दिन यस्तो पनि होला भन्ने दूरदृष्टि नहुँदा धेरै राष्ट्रले ठूलो क्षति बेहोरेका उदाहरण छन्।‘मामा घोडा चढ्छन् म हिहि गरेर बस्छु (मामाको घोडा मेरो हिहि)’ भन्ने सोचमा रमाउँदा २०४६ सालपछि ‘निजामती’ क्षेत्र सत्तारुढ दलको श्रीमती बनेको छ। प्रहरी हरेक दिन सत्ता रिझाउन ‘हरिहरि’ भजिरहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड, अडान, आदर्श र अठोटबाट विचलित भएर सेनाले पनि जागिरमात्र खाने सोच बनायो भने त्रिशूल र डमरु खेलौना मात्र हुनेछन्। त्यो बेला बिलौना गर्नुको अर्थ रहने छैन।

नेपाल राष्ट्रको निर्माण राजा, जनता र सेनाले नै गरेको कुरा सूर्यविक्रम ज्ञवाली, योगी नरहरिनाथ, बाबुराम आचार्य, बालचन्द्र शर्मालगायत त्रिरत्न मानन्धर र तुलसीराम वैद्य जस्ता इतिहासकारले उल्लेख गरेका छन्। राष्ट्र भत्काउन विभिन्न एनजिओ÷आइएनजिओ, दाता, बुद्धिजीवी आदिलाई प्रयोग गर्नेहरूले सेनालाई दिन÷प्रतिदिन बदनाम गरिरहेकै छन्। सेनामा सबै दूधले नुहाएका छैनन् तर नेपाली सेना ढल्यो भने त्यसपछि नेपाल टुक्र्याउन खोज्नेहरूलाई ‘बाँदरलाई लिस्नु’ लगाएझैँ हुनेछ।कुलीन वर्ग र पादरीमा सीमित अधिकार जनतालाई दिलाउने भन्दै फ्रान्समा राज्य क्रान्ति भयो। क्रान्तिपछि तुँवालो झन् फैलियो। जनता निरास भए। स्विडेनका राजा गुस्ताभ (तेस्रो), प्रशाका फ्रेडरिक, अस्ट्रियाका जोसेफ (दोस्रो) आदिले जस्तै राष्ट्र हाँक्ने शासक चाहियो भन्दै जनता बोल्न थाले। त्यहीबेला नेपोलियन सत्तामा आएर फ्रान्सको राज्यसत्ता सम्हाले। जनतामा वितृष्णा, निराशा, कुण्ठा र असन्तुष्टि बढ्दै जाँदा कुनै पनि बेला राज्यसत्ता असफल बन्न सक्छ भन्ने त्यस्ता थुप्रै उदाहरण छन्। तसर्थ अन्तिम शासन प्रणाली यही र यस्तै हुन्छ भनेर ढुक्क हुन सक्ने अवस्था धेरै देशमा देखिँदैन।

हालै चीनको सेनाले आफ्नो श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेको छ। ‘चाइनाज नेसनल डिफेन्स इन द न्यु एरा’ शीर्षकको सो प्रतिवेदनमा राष्ट्रिय सुरक्षा नीति नै सैन्य नीतिले निर्देशित गर्छ भन्दै सोहीअनुसारको मूल नीति हुनुपर्छ भन्ने आशय देखाइएको छ। जापान र अस्टे«लिया जस्ता मुलुकलाई समेत आफ्नो सुरक्षा अवधारणाअनुसार चलाइरहेको अमेरिकाले चीनसँग हरेक कुरामा टक्कर गरिरहेको छ। बिआरआइ परियोजनालाई असफल बनाउन अमेरिकाले इन्डो–प्यासिफिक अवधारणा ल्याएर नेपाललाई समेत त्यसको रणनीतिक साझेदार बनाउन खोजिएको छ। यसले नेपाली सेनालाई समेत कालान्तरमा ठूलो मनोवैज्ञानिक दबाब पर्ने देखिन्छ। तर अमेरिकापछि चीनमात्र यस्तो मुलुक हो जो अमेरिकासँग शिर झुकाउन चाहँदैन। यसले गर्दा पहिले सोभियत संघ र अमेरिका दुई ध्रुवमा बाँडिएझैँ आउँदा वर्षहरूमा अमेरिका र चीनबीच ध्रुवीकरण बढ्ने संकेत टड्कारो देखिँदैछ। त्यसबेला नेपाली सेना त्रिशूल र डमरुसहित आफ्नै नीतिमा तटस्थ बस्छ वा चीन र अमेरिका दुवैको प्रिय बन्ने ‘चिमेरिका नीति’ तिर ढल्कन्छ भन्ने कुरामा विश्लेषकहरू बहस गर्न थालेका छन्।

राष्ट्रिय सुरक्षाको प्रश्नमा राजनीतिक सुरक्षा, राजनीतिक स्थिरता र सार्वमौमसत्ता बचाउने रणनीतिलाई चीनको सेनाले केन्द्रविन्दुमा राखेको देखिन्छ। राजनीतिको छत्रछायाँमा सेनालाई समेत गलत बाटोमा हिँडाउन खोजियो भने उसले त्यो स्वीकार्ने स्थिति हुँदैन। यस्तै ‘जाइकटक नगर्ने झिकी कटक गर्ने’ पृथ्वीनारायण शाहको नीतिझैँ राष्ट्रिय हितका मामिलामा कसैलाई हस्तक्षेप नगर्ने तर आत्मरक्षाका लागि अन्तिम अवस्थासम्म लडिरहने चीनको रणनीतिले संसारका धेरै देशलाई प्रभावित र चकित तुल्याइरहेको छ।सेनाको नीति र रणनीति दुवै पारदर्शी हुनुपर्छ भन्दै संसारले भने पनि धेरै राष्ट्रले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कैयन् कुरा गोप्य राख्ने गरेका छन्। यसरी हेर्दा संसद, सरकार वा नागरिक समाजको चाहनाअनुसार सबै कुरा बजारमा ल्याउनुपर्छ भन्ने देखिँदैन। किनभने कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, पे्रस, नागरिक समाज आदिलगायतका क्षेत्रमा स्वदेशका हितमा भन्दा विदेशका हितमा काम गर्ने बढ्दै गएका छन्।

साम्राज्यवाद र विस्तारवादको प्रभावमा परेका नेपालका कतिपय दलले राष्ट्रभित्रको सम्पूर्ण शक्तिलाई कमजोर बनाउने र विदेशीलाई हस्तक्षेपको मौका दिने वातावरण बनाउँदै आफ्नो भविष्य सुरक्षित राख्न खोजेको देखिन्छ। प्रधानमन्त्रीलगायत केही नेताले हालै विदेशी गुप्तचरसँग भेटेको प्रसंगलाई उनीहरूको राजनीतिक स्वार्थसँग गाँसेर हेर्न थालिएको छ। राष्ट्रको हितलाई उपहास गरेर विदेशी खुफिया एजेन्सीसँग मित्रता बढाउने काम आफैँमा राष्ट्रघात भएकाले जसले गरेको भए पनि यो अक्षम्य अपराध ठहरिन्छ। यस्तो स्थितिमा सेनाले फरक ढंगले सोच्ने र दूरगामी महŒवका निर्णय गर्दा राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई केन्द्रविन्दुमा राखेमात्र त्रिशूल र डमरुको मर्यादा रहन सक्छ। देखिजान्ने, सुनिजान्ने किनाराका साक्षीमात्र भएर बस्ने हो भने न सेनाको गरिमा रहन्छ न त त्रिशूल र डमरुकै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *