कोरिया बाट आयो रबि लामिछाने लाई सान्त्वना पत्र

बिचार/ब्लग

आदरणीय रबि लामिछाने दाई कुशल रहि कूसलताको कामना गर्दछु । म कुनै पनि पाटीमा आबद्ध छैन स्वतन्त्र राष्ट्रप्रेमी ब्याक्तीको नाताले हजूरलाई एउटा पत्र कोरेको छु ।

अहिले चलिरहेको शालिकराम पुडासैनी आत्महत्या वा हत्या काण्डमा मलाई लाग्छ हजूर को कुनै किसिमको संलग्नता छैन । हजूर को नैतिकताले पनि दिदै दिदैन । यदि कुनै किसिमको संलग्नता रहेछ र अदालतले दोषी देखाउछ अनि हजुरले पनि उक्त कान्डमा मेरो हात छ भनी स्विकार्नु हुन्छ भने हजूर लाई पनि नेपाल को कानुनले तोकेको कार्वाहीको भागिदार हुनैपर्छ । तर सालीकराम कान्डमा हजूरको कुनै संलग्नता छैन भने देशमा कानुन छ , अद्धा-अदालत छ हजूरले सफ्फाई पाऊनै पर्छ। अन्यथा जालझेल गरि षड्यन्त्र गरि सागरमाथाको चुचुरोसरि चुलिएको हजूर को ब्याक्तीत्व माथी खलल पुर्याउन जुर्मुरिएका केहि कू-तत्त्वहरु लाई उठ्न नसक्ने गरि पातलमा दबाउनै पर्छ । मेरो परिवारको अथवा देशकै बाध्यताले गर्दा म आज प्रभासमा पसिना बगाउन विभस छु ।देशमा रहदा भन्दा प्रभासमा रहदा आफ्नो देश जन्मभुमी प्रतिको माया अझ प्रघाढ हूने रहेछ ।

मेरो देश नेपाललाई माया गर्ने एक नेपालको छोरो म मेरो जननि मेरो देश रुदा प्रभासमा म रुने गर्छु । नेपालीलाई पिडा पर्दा प्रभासमा भक्कानिने गर्छु । यि जापान,कोरिया,अमेरिका जस्तै मेरो देश कैले बन्नला, मेरो देशका जन्ता खुसी र सुखी भएको कैले देख्न पाईएला भनेर सोचिरहन्छु ।यस्तै यस्तै जन्मभुमि प्रतिको अनेकन चिन्तन गर्दा गर्दै रबि दाई म हजूरलाई सम्झन्छु ।

ती गरिब ,दुखि, आसहाय का निम्ती बेचिएका चेलीका निम्ती ,दबिएका, दबाइएका ,थिचिएका ,मिचिएका ,अन्याय,अत्याचार शोशणमा पिरोलिएका मेरा सारा नेपालीहरुको निम्ती ज्यानको बाजी राखेर हर्दम न्याय दिलाउन लडिरहने हजूरको ती कामहरुलाई सम्झन्छु ।अनि मैले राष्टप्रेमी युवाको नाताले गर्नै पर्ने र गर्न नसकेका कामहरु तपाई ले गरिरहनु भएको देखेर , हेरेर केहि हद सम्म खुसी हुन्छु र सोच्छु मेरो हरेक प्रयत्नले भ्याएसम्म मैले रबि दाईलाई साथ दिनैपर्छ र दिन्छु पनि ।

ए मेरो रबि दाई हजूर लाई मैले यसरी मेरो मन मस्तिष्कमा राखेको छु की कही कतै,कहिल्यै कसैबाट यदि म अन्यायमा परिहाले भने मेरो घर परिवार, समाज ,देशले समेत मलाई न्याय दिलाउन नसकेको अवस्थामा म मेरो रबि दाई थिम जानेछु । यदि बिस्वाश गर्नुस कि यो भनाई यो सोचाई मेरो एकजनाको मात्र कदापी होइन सारा तीन करोड नेपालीहरुले आज यहि सोचिरहेका छ्न । किन भने हाम्रो देशको कानुन, अद्धा-अदालत पैसा र पावरमा बिक्न पनि सक्छ तर तपाई तेस्तो मान्छे होईन ।

तर आज देशका कुलंघार ,देशद्रोहि राक्षेसहरुले देश लाई चुस्न नपाएर तपाई माथि बक्र दृस्टिराखी अन्याय गर्न खिजिरहेको र गरिरहेको देख्दा मन जनेको छ,शरिरका रौं ठाडीएका छन, रगत उम्लिएको छ । नआत्तिनुस असत्य टिक्दैन । फलेको रुखमा नै सबैले ढुङ्गा हान्नेहुन बक्र दृस्टि गाढनेहुन यो संसार को रित हो । नफलेको रुखलाई कस्ले पो वास्ता गर्छ र ? कदापी बिचलित नहुनुहोला हामी तपाईको साथमा छौँ सधै सत्यको बिजय हुन्छ र हुनेछ पनि ।

दाई म एउटा कुरामा चाई अत्यान्तै खुसी भएको छु । बुढापाकाले भनेको कुरा सुनीरहन्थे र अहिले देशका टाउकेहरुले पनि बेलाबेलामा भनिरहेको सुन्छु ।देश चलाउन एकपटक कारागार बसेको हुनुपर्छ रे यो कुरामा पनि अब हजूर पास हुनुभएको छ ,हजूर लाई बाटो खुलेको छ ।

अब नेपालको बिकस र निकास केवल सिधै जनताबाट निर्वाचीत जनप्रिय ब्याक्तिले गर्नेछ ।अब सासन फेरिनेछ, सत्ता फेरिनेछ ,देशको मुहार फेरिनेछ केवल हजूरको हातबाट त्यसैले हर्दम सकारात्मक सोचका साथ अगाडि बढ्नु हामी तपाईको साथमा छौँ न्यायको निम्ती लडिरहने छौँ । अहिले सम्माका यात्रामा भोगेका सम्पुर्ण कुराहरुलाई अनुभबका रूपमा लिदै मुटू दर्हो र मस्तिष्क फराकिलो गराउदै सधै उकाली तर्फ लम्कनुस देशको मुहार फेर्न अनि नेपाली लाई खुसी भर्न तीन करोड नेपालिको मन मस्तिष्कमा हजूर बाहेक अरु विकल्प छैन ।

अझै धेरै कुराहरु लेख्दै गरौला,भन्दै गरौला अहिलेलाई यत्ति भन्दै यस पत्रलाई यहि बिटमार्न चाहन्छु ।तपाई लाई सधै बिश्वाश, साथ-सहयोग र माया गर्ने उही तपाईको प्यारो भाई लोकराज न्यौपाने, हाल दक्षिण कोरिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *