कोरियामा अबैधानिक बस्ने विदेशी कामदारलाई नयाँ नियम लागु हुने !

कोरिया समाचार

गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियामा अबैधानिक बसोबास गर्ने विदेशी कामदारको लागी कोरियाको न्याय मन्त्रालयले नयाँ नियम ल्याउने भएको छ।कोरियामा अबैधानिक बस्ने विदेशीलाई अवदेखी स्वदेश फर्किनुभन्दा पहिले कडा निरिक्षण प्रकृया पार गरेर मात्र स्वदेश फर्किन सक्ने नियम यहाँको न्याय मन्त्रालय लागु गर्न लागेको हो।

मन्त्रालयका अनुसार अबदेखी कोरियामा अबैधानिक बसोबास गर्ने विदेशी कामदारले आफु स्वदेश फर्कनको लागी आफुखुशी फर्कन नसक्ने बताएको छ।जसको लागी निश्चित प्रकृया पुर्याएर मात्र फर्किन सकिनेछ,यदि अवैधानिक बसोबास गरेको ब्याक्ती स्वदेश फर्कन चाहेको खन्डमा उसले स्वदेश फर्कनुभन्दा (३ देखी १५ दिन) अगावै आफु फर्किने अनुमती रिपोर्ट (स्वदेश प्रथान अनुमती फाराम) पेश गर्नैपर्ने बाध्यात्मक नियम लागु हुने भएको हो।

अहिलेसम्म अबैध बसोबास गर्ने विदेशीहरु आफुखुशी एयरपोर्टमै फर्कने दिन मात्र सम्बन्धित अधिकारीलाई जानाकारी गराएर फर्किन सक्थे भने अबको नियमले यो कुरा प्रतिबन्ध गर्नेछ।उनिहरुले पुर्व लिखित सुचना गराएर मात्र स्वदेश फर्कन सक्ने बताईएको छ।उल्लेखित नयाँ नियम आउदो अक्टोबर २१ देखी लागु हुने भएको हो।यो नियम लागु भए पश्चात अवैध विदेशी नागरिक जो अपराधमा संलग्न हुन्छन उनिहरु यहाँबाट भाग्न सक्नेछैनन।

यो नियम लागु भएपश्चात अबैध विदेशी यदि आफुखुशी स्वदेश फर्कन चाहेको खन्डमा अनिबार्य आफ्नो पासपोर्ट र फ्लाईट टिकट प्रस्थान रिपोर्ट फाराम भर्दा पेश गर्नुपर्ने हुन्छ।स्वदेश प्रस्थान फाराम १५ दिन अगावै पेश गरेपछि स्वदेश फर्कने दिन एयरपोर्टमा रहेको अध्यागमन बिभागले रिपोर्ट चेक गर्नेछ त्यसपछी यदि उक्त ब्याक्ती कुनैपनी अपराधिक गतिबिधीमा लागेको छ भने उसलाई पक्राउ गर्ने तथा कानुनी कारवाही गरिने छ,यदि उक्त ब्याक्तीको पुलिस रिपोर्ट ठिक छ भने उसलाई बिना रोकतोक स्वदेश फिर्ता अनुमती दिईने जनाएको छ।

मन्त्रालयले स्वदेश फिर्ता हुनको लागी स्वदेश प्रस्थान फारम आवेदन आउदो अक्टोवर १४ तारिखदेखी खुल्ला गर्नेछ।स्वदेश फर्किन चाहने अबैध बिदेशी नागरिकले www.hikorea.go.kr तथा अध्यागमन विभागको वेभसाईट www.immigration.go.kr मार्फत आवेदन दिनसक्ने बताईएको छ।

गत महिना कोरियामा अबैध बसेका काजकिस्थानका एक नागरिकले छाङवनको ईलिमेन्टरी स्कूलको ७ बर्षिय एक विधार्थीलाई गाडीले हानेको १८ घन्टा भित्रमै कोरियाबाट भागेपछी कोरियन सरकारले यस्तो नियम ल्याउन लागेको हो।

कोरियाको न्याय मन्त्रालयले काजकिस्थान सरकार संग उक्त ब्याक्तीलाई पक्रिनको लागी अनुरोध गरेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *