दक्षिण कोरिया रहनु भएका सम्पूर्णलाई अत्यन्तै महत्वपुर्ण सुचना !

2019.05 महिना सम्मा अध्यगामन तथ्यांकानुसार कोरियामा बिदेशीको सख्या 23,93,180 जना छन । जसमा नेपालीको संख्या 40,732 जना रहेको छन । बिदेशी संख्या बृद्दिसंगै अवैधानीक रूपमा कारोबारगर्ने व्यक्तिहरू पनि धेरै छन् । आजभोलि नेपाली दाजुभार्इ दिदीबहिनीहरू समस्यामा पर्ने धेरै छन्। तपाईलाई थाहा नहुदाँ पनि तपाई समस्या परेको हुन सकिन्छ । त्याहि भएकोले निम्न कुरामा एकदम ध्यान दिनहोला ।

1. हामीले आफ्नो विदेशी दर्ता कार्ड अरुलाई दिने अथवा कुनै सामाजिक संजाल तिर फोटो खिचेर अपलोड गर्ने गर्नु हुदैन। यसो गर्नले हाम्रो व्यक्तिगत विवरणको कसैले गलत ढंगले फाईदा उठॉउन सकिन्छ ।

2. राहदानी मेरो पहिचान हो यस कुनै पनि अवश्थामा अरूलाई दिनु हुदैन । यसको फोटोकापीबाट कसले के गर्छ थाहाँ हूँदैन ।

3. जोसुकैलाई आफ्नो बैंकको क्रेडिड कार्ड वा पासबुक दिने वा पुरा कार्डको नम्बर थाहा दिनु हुदैन। कसैले यस्को अवैधानिक रुपमा हुन्डी गर्न र अरु कुनै तरिकाबाट तपाईको नाममा गलत काम गर्न पनि सक्छ।

माथी उल्लेखित कुरा एक पटक राम्रो सँग सोच्नु होला भोलिको दिनमा तपाईलाई समस्या पर्न सकिन्छ।

– TDNK