सुर्खेत समाज दक्षिण कोरिया द्वारा कोरिया आएको १७ दिनमै दृघटनामा परि निधन भएका दर्लामी लाई श्रद्दान्जली अर्पण !

कोरिया समाचार

सुर्खेत पन्चपुरि नगरपालिका २ ,पंलाैटे निवासी थिर बहादुर दर्लामि मगर इपिएस मार्फत कोरिया आएका थिए। थिर बहादुर दर्लामी मगर काेरिया अाएकाे १७ दिनमै औधोगिक दुर्घटनामा परि मृत्यु भएको थियो।

स्वर्गीय दर्लामी मगरको परिवारलाई सहयाेगका लागि सुर्खेत समाज दक्षिण काेरियाले संचालन गरेको सहयोग अभियानबाट उठेकाे रकम बड्डिचउर स्थित एक कार्यक्रमका बिच हस्तान्तरण गरेकाे कुरा सुर्खेत समाज,दक्षिण काेरियाका अध्यक्ष लाेकेश खत्रिले जानकारि दिनुभयाे ।

सुर्खेत समाज,दक्षिण कोरियाले कोरियाको राजधानी स्थित नाङ्गलो रेस्टुरेन्टको सभा हलमा २०१९/११/०३मा श्रद्धाञ्जली सभा सम्पन्न गरेको सुर्खेत समाज,दक्षिण कोरियाका सचिव बखत थापाले जानकारी दिनुभयाे। स्व.थिर बहादुर दर्लामी मगरको श्रद्धाञ्जली कार्यक्रममा क्रममा राजदुतावासलाई पत्राचार गरिएपनी अनुपस्थित रह्यो भने सो सभामा MTUका सचिव श्री मधुसुदन ओझा,NCC का वरिष्ठ उपाध्यक्ष श्री श्री श्रेष्ठ,दोलखा समाज,दक्षिण कोरियाका अध्यक्ष श्री सरोज के.सी.,नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष सि.पि मगरका साथै कोरियामा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरु र अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो।
कार्यक्रमको उद्घघाटन समाजका सल्लाहकार लक्ष्मीनारायण बस्नेत ज्युबाट स्व.दर्लामी मगरको फोटाेमा माल्यार्पण तथा क्यान्डल बालेर गर्नुभएको थियो।कार्यक्रम संचालनको केही समय पश्चात् कार्यक्रममा १मिनेट मौनधारणपछि उपस्थित सबैले स्व.दर्लामी मगरको फोटाेमा पुष्पगुच्छा र फुलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।MTUका सचिबले श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारप्रति संवेदना प्रकट गर्दै कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाइ काम गर्दा विशेषगरि सुरक्षाका साधनको प्रयोग गर्न,कामको समयावधिमा काममा मात्र ध्यानाकर्षण गर्ने आदि कुरामा जोड दिदै सल्लाह दिनुभएको थियो।

NCCका वरिष्ठ उपाध्यक्ष साथै अन्य व्यक्तिहरुले पनि आफ्नो भनाइ राख्ने क्रममा श्रद्धाञ्जली अर्पण र संबेदना प्रकट गर्दै सुरक्षाको कुरामा जोड दिन उपस्थित तथा सम्पुर्ण नेपाली कामदारलाई आग्रह गर्नुभयो।यसै क्रममा कार्यक्रमको समापन दिनको करिब ४ बजे कार्यक्रमका वरिष्ठ उपाध्यक्ष ज्युले आफ्ना महत्त्वपूर्ण भनाइहरु व्यक्त गर्दै उपस्थित हुनुभएका सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भन्ने कुरा कार्यक्रम संचालक तथा समाजका सचिब बखत थापा ज्युले जानकारी दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *