दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ ।सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो ।

निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० वनले बृद्धि भएको छ । यसरी वृद्धि ज्याला अनुसार प्रत्येक कामदारको न्युनतम ज्याला प्रतिघन्टा ८५९० वन हुन आउँछ ।

हप्ता मा ४० घण्टा र महिनामा २०९ घण्टा काम गर्ने कामदारले महिनामा १७९५३१० वन प्राप्त गर्नेछ ।प्रवासी मजदुर संगठन (एमटियु)का अध्यक्ष उदय राईका अनुसार यस अघि कम्पनी तथा ब्यबसायी पक्षले क्षेत्र र सानो ठुलो कम्पनी अनुसार फरक फरक न्युनतम ज्याला दिन पाउने नियम बनाउन गरेका थिए ।

तर पारित नभए पछि २ पटक बैठक बहिस्कार गरेका थिए । त्यस पछि अहिलेको भन्दा ४.३ प्रतिशत घटाई ८ हजार वोन प्रस्ताब गरेको थियो । त्यस्तै ११ बैठकमा सहभागी भएर २% घटाएर ८१८५ वोन प्रस्ताब गरेको थियो ।

मजदुर युनियनको सदस्यहरुले अहिलेको भन्दा १९.९% बढी प्रतिघन्टा १० हजार हुनु पर्ने माग गर्दै आएकोमा त्यसबाट घटाएर ९,५७० वोन प्रस्ताब गरेका थिए ।

फोनिज कोरियाबाट