राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग

राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय भवन निर्माणका लागि रु दश लाख सहयाेग प्रदान गरेकाे छ ।

राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय कार्यालयकाे भवन निर्माणका लागि रु दश लाख दश रुपैया प्रदान गरेकाे छ ।एविसि टेलिभिजनकाे लाेकप्रिय लाेकदाेहाेरी गितकाे कार्यक्रम ईन्द्रेणी मार्फत उक्त रकम नाेवेम्बर ५ तारिख एक कार्यक्रमका बिच प्रदान गरिएकाे हाे । केन्द्रिय कार्यालयकाे भवन निर्माण सहयाेगका लागि उक्त रकम दक्षिण काेरियामा अार्थिक अभियान संचालन गरेर संकलन गरिएकाे कुरा राष्ट्रिय लाेकदाेहाेरी गित प्रतिष्ठान काेरिया शाखाका अध्यक्ष जितन भाई श्रीसले बताए ।

अभियानमा काेरियामा कार्यरत १३५ जना सहयाेगि महानुभाबहरूले सहयाेग गरेकाे कुरा काेरिया शाखा प्रतिस्ठानका काेषाध्यक्ष एस बि मगरले बताए।काठमाण्डाै धापासिमा निर्माणाधिन भवनकाे एक कक्षमा काेरिया शाखाकाे नाम, सहयाेगि दाताहरूकाे नामावलि , बर्तमान कार्य समितिकाे नामावलि साथै रू २५ हजार देखि माथि सहयाेग गर्ने महानुभाबहरूकाे नामावलि शिलापत्रमा लेखिने कुरा लाेक दाेहाेरी गीत प्रतिष्ठान काेरिया शाखाका संरक्षक सि पि मगरले बताए।

सहयाेग गर्ने सबै महानुभावलाई काेरिया शाखा अध्यक्ष जितन भाइ श्रीसले धन्यवाद पनि दिए ।राष्ट्रिय लाेक दाेहरी गित प्रतिष्ठान दक्षिण काेरियाले पठाएकाे उक्त रकम राष्ट्रिय लाेक दाेहरी गित प्रतिष्ठान दक्षिण काेरियाका संस्थापक सल्लाहकार ईश्वरी घिमिरे र बर्तमान सदस्य कुञ्ज मणि थापाले केन्द्रीय अध्यक्ष बद्रि पंगेनी लगायतका पदाधिकारीलाई प्रदान गरेका थिए ।