कोरियामा एक नेपाली द्वारा आफ्नो घाँटी आँफै रेटेर आत्महत्या!

सोल-दक्षिण कोरियामा एक जना नेपाली कामदारले आत्महत्या गरेका छन् ।भाषा अनुवादक मुक्त गुरुङले दिएको जानकारी अनुसार पाल्पाका कुशबहादुर थापा (कुशल) ले आफ्नो घाटीमा आफैले चक्कु प्रहार गरि आत्महत्या गरेका हुन् ।गुरुङका अनुसार पाँच वर्ष कोरिया बसेर नेपाल गएर फेरि आएका थापाले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् ।

थापाले नोटमा ‘कुलतको ओवरडोज ले सेन्स(चेत)गुमाउदै छु।जति दिन यो सन्सारमा बाचे खुसीको साथ र हिम्मतको साथ बाच्न सके। इश्वरलाई करोड धन्यवाद ।하나님께 감사합니다 ‘ लेखेका छन् ।
ख्यांगीदो पोछनको एक कम्पनिमा कार्यरत थापाले आत्महत्या गरेपछि सो कम्पनीमा कार्यरत अन्य ३ नेपाली कामदारलाई प्रहरीले सोधपुछ गरेको छ ।

त्यहाँ कार्यरत एक नेपालीका अनुसार थापाले आफैलाई चक्कु प्रहार गरेर मृत भै सकेको अवस्थामा अन्य साथीहरुले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

मुक्त गुरुङको स्ट्याटस जस्ताको तस्तै।

“कोरियामा नेपाली द्वारा आत्महत्या ”
कुलत को ओवरडोज ले सेन्स(चेत)गुमाउदै छु।जति दिन यो सन्सार मा बाचे खुसी को साथ र हिम्मत को साथ बाच्न सके।ईश्वर लाई करोडौं करोड धन्यवाद ।하나님께 감사합니다 ”

यी माथी का अन्तिम हरफ हरु लेखेर पाइन्ट को पछिल्लो गोजि मा राखेर पाल्पा का कुश बहादुर थापा (कुशल) ले आफ्नो घाटी मा आफै ले चक्कु प्रहार गरि कोरिया को पोछन सि मा देह त्याग गर्यो।
रस्ती १ बजे तिर मलाइ पोछन प्रहरी बाट फोन आयो।हत्या को केस छ भनेर तर थकाइ ले म भोलि बिहान आउछु अहिले सक्दैन भन्यो ।तर १० मिनेट सम्म पनि निन्द्रा लागेन ।मन मा छट्पटी भयो,सायद अति emergency होला भनेर मैले फोन गरेर हुन्छ म 40-45 मिनेट मा आइ पुग्छु भने। एक कप काफी बनायो र गाडी झिके अनि काफी खादै पोछन हाइवे समातेर 30 मिनेट मा पोछन थान पुगे।तीन जना बिदेशि हरु निहुराएर बसेको देखे।भाइ हरु नेपाली हो भनेर सोधे।मलाइ नेपाली बोलेको सुनेर तिनै जना खुसी भयो र तपाईं पनि नेपाली हो भनेर सोध्यो।मैले हजुर म भासा अनुवादक हो कस्ले मान्छे मारेको हो भने।ती भाइहरु मध्य एक जना ले मारेको होइन दाइ सङै काम गर्ने दाइ ले आफुले आफू लाई घाँटी मा चक्कु हानेर आत्महत्या गर्यो।हामी तीन जना कोरिया आएको बल्ल एक महिना भयो हेर्नुस न यस्तो आपत आइ लाग्यो भन्यो।

पछि प्रहरीले ले पनि अघि हामी ले तपाई लाई गलत सूचना दिएको रहेछ यो हत्या होइन कि आत्महत्या को केस हो भन्यो र ती भाइ को बयान लिन लाग्यो ।त्यो भाइ को बयान अनुसार मृतक पहिला पनि पाँच वर्ष कोरिया बसेर नेपाल गएर फेरि आएको रहेछ।कम्पनी मा पुराना मान्छे भएता पनि एक्दम मिलनसार र आफू हरु लाई हरेक कुरा मा सहयोग गर्ने दाइ रहेछ।कम्पनी मा बिदेशी आफुहरु चार जना मात्र रहेको र आफू हरु को फान्जाङ समेत रहेको अनि ओवरटाइम दिने हिसाब गर्ने सबै त्यो दाइ नै हो भन्यो।हिजो त्यो दाइ लेआफु सन्चो छैन तिमिहरु ot गर भनेर सान्झ 6 बजे रूम मा गएको र 10 बजे काम सकेर आफू हरुले खोज्दा नभेटेको र सायद कतै साथी भेट्न वा पसल गयो होला भनेर सोच्यो र आफू मा एक जना खान पकाउन को लागि किचेन मा चक्कु खोज्दा नभेटेको र त्यो दाइ पनि नदेखेको ले अलिक मन मा चिसो पस्यो रे।पछि 2 जना नुहाउनु जाना लाग्दा बाटो मा अन्ध्यारो भएकोले टोर्च बालेर बाथरुम तिर जादा कन्टेनर को कुना तिर त्यो दाइ लाई देखेर बोलाउदा नबोलेको र नजिक गएर हेर्द रगत ले लथपटिएको घोप्टो अवस्था मा रहेको र चक्कु र mobile छेउ मै रहेको देखेछ।आतिएर चिनेको अन्कल लाई फोन गरेछ र अन्कल ले 112 मा फोन गरेर प्रहरी बोलाउनु भनेर तेहि अनुरू गरि प्रहरी बोलाएछ।

पछि cctv मा हेर्दा पनि आत्महत्या नै गरेको देखेर प्रहरिले तेहि अनुरूप केस अगाडि बढाएको छ । मर्नु नै छ भने किन यो परदेशमा मरेर अरुलाइ दु:ख दिनु ? यो अमुल्य जिबनलाइ ब्यर्थैमा यसरी खेर फाल्ने प्रयास नगरौं !
By Mukta Gurung