कोरियामा विधार्थी भिजामा आएका १६४ जना ईन्छन विश्वविधालय बाट भागे!

गुरुदत्त न्यौपाने / सउल,कोरिया

दक्षिण कोरियाको प्रतिस्ठित विश्वविद्यालय ईन्छन विश्वविद्यालयमा कोरियन भाषा पढदै गरेका १६४ भियतनामी विधार्थीहरु १५ दिनसम्म लगातार कलेजमा अनुपस्थित भएपछी प्रहरीले उनिहरुलाई ब्यापक खोजी गरिरहेको छ।

लगातार १५ दिनसम्म पनि ति विधार्थीहरु कलेजमा उपस्थिति नजनाएपछी कलेज प्रशासनले पुलिसलाई रिपोर्ट गरेको हो।विश्वविद्यालयको निती तथा कानुनी प्रावधान अनुसार कुनैपनी विधार्थी बिना सुचना लगातार १५ दिनसम्म कलेजमा हाजिरी नभए सिधा अबैधानिक हुने नियमअनुसार उनिहरुलाई रिपोर्ट गरिएको ईन्छन विश्वविद्यालयले बताएको छ।

चार महिना अगाडीदेखी शुरु भएको एक बर्षिय कोरियन भाषा कक्षामा करिब १९०० भियतनामी विधार्थीहरु छन जसमध्धे १६४ विधार्थीहरु हराएका हुन।

“उनिहरु कोरिया भाषा पढन आएका होईनन,उनिहरुको उद्देश्य कोरिया छिर्ने र अबैधानिक बसेर पैसा कमाउने हो।”प्रहरी प्रशासनले भनेको छ।

अभद्र ब्यबहार,रोजगारदाताको शोषण तथा कानुनी जटिलताको सामना गर्दै दक्षिण पुर्वी एशियाका विकाशोन्मुख मुलकका मानिसहरु धेरै पैसा कमाउने उद्देश्यले अधिकाँस कोरियामा अबैधानिक बसेका छन।