चर्च बनाउन नेपाल भित्रिएको डलर आविस्कारमा लगाउनुस् : महाविर पुन

काठमाडौ । देशलाई समृद्ध बनाउने अभियानमा लागेका महाविर पुनले चर्च बनाउन नेपालमा ठूलो राशिमा डलर भित्रिएको दावी गरेका छन् । उनले नेपालमा चर्च बनाउन भित्रिएको डलर आविस्कारमा लगाउँन अपिल गरेका छन् । त्यो रकम चर्चमा खर्च नगरी आविस्कारका लागि खर्च गरिने भने नेपालको विकासमा धेरै परिवर्तन हुने बताएका छन् ।

म्याग्दीको विकट गाउँमा नाङदीमा जन्मेका पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हाँसिल गरेका छन् । २५ वर्ष विद्यालयमा शिक्षकको रुपमा काम गरेका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् ।

उनले वायरलेर प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरने सुविधा पुर्याएबापत एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुस्कारबाट सम्मानित पुनले नयाँ नयाँ आविष्कार गर्दै आएका छन् । मुनाफारहित संस्थाका रुपमा रहेको आविष्कार केन्द्र काठमाडौँको किर्तिपुरमा रहेको छ ।