उत्तर कोरियाली रास्ट्रपती किम जोङ उनले प्योङयाङ छोडे

सोल-कोरोना संक्रमण त्रास पश्चात उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियाली राजधानी प्योङयाङ छाडेको खबर प्राप्त भएको छ ।प्योङयाङमा जनघनत्व बढी भएका कारण संक्रमण तीब्र रुपमा फैलन सक्ने आँकलन गर्दै नेता उनले प्योङयाङ छाडेको समाचार बाहिरिएको हो ।गत एक हप्ताबाट प्योङयाङ क्षेत्रमा भइरहेको सैनिक जमघटले

सो समाचारलाई थप पुष्टि गर्न सघाउने उत्तर कोरिया सम्बन्धि बिज्ञहरुले बताएका छन् ।सत्तासीन वर्कर्स पार्टीको विशेष बैठकका दौरान फेब्रुअरी २८ तारिखमा प्योङयाङ छाडेका उन हालसम्म पनि प्योङयाङ नफर्किएको समाचारमा जनाइएको छ ।कोरियाली केन्द्रिय समाचार संस्था केसिएनएका अनुसार उनले मार्च २ तारिखका दिन

छोटो दुरीका केही मिसाइल्सहरु परिक्षण गर्न निर्देशन दिएका थिए ।उत्तर कोरियाले हालसम्म उसको भुमीमा कसैलाई पनि कोरोना संक्रमण नभएको दावा गर्दै आएको छ । उसले जनावरीबाट नै देशका सम्पुर्ण नाकाहरु बन्द गरेको छ भने विदेशबाट उत्तर कोरिया जाने जो कोहीलाई पनि क्वारेन्टनईनमा राख्ने गरेको छ ।

उसले संक्रमण सुरु हुने वित्तिकै चीन स्थित उसका सम्पुर्ण ट्राभल एजेन्टलाई उत्तर कोरिया भ्रमणका सबै प्रवन्ध अस्थाइ रुपमा बन्द गर्न निर्देशन समेत दिएको थियो ।हटपाटीबाट