कोरियामा कोरोना लागेकालाई ८ सय ३० अमेरिकी डलर दिइने

सोल-दक्षिण कोरियाली सरकारले कोरोना भाइरस संक्रमितलाई ८ सय ३० अमेरिकी डलर दिने निर्णय गरेको छ ।तर सरकारको यो निर्णयप्रति धेरैले असन्तुस्ट ब्यक्त गरेका छन् । यहाँका झण्डै ६० प्रतिशत मानिसहरु सरकारले हालै सार्वजनिक गरेको महामारी प्रभावितहरुका निम्ति सहयोग कार्यक्रमको विरुद्धमा रहेको एक सर्वेक्षणले जनाएको छ ।

कोरोना संक्रमणका कारण कोरियाको थेगु प्रान्तका मानिसहरुको जनजिवन अतयन्त कष्टपूर्ण रहदै आएको ठहर गर्दै सरकारले सो निर्णय गरेको थियो ।सरकारको सोही निर्णयमाथि सर्वेक्षण गर्दै एक अनुसन्धान केन्द्रले सो कुरा सार्वजनिक गरेको छ । सर्वेक्षणका अनुसार करिव ५७.६ प्रतिशत मानिसहरुले सरकारको उक्त निर्णयको

विरोध गरेका छन् भने ३९.८ प्रतिशत मानिसहरुले भने सरकारको सो निर्णयको स्वागत गरेका छन् । यता २.६ प्रतिशत मानिसहरु भने प्रतिकृया नदिइ बसेका छन् ।सर्वेक्षण अनुसार सत्तासीन कोरियाली प्रजातान्त्रीक पार्टीका करिव ५७.७ प्रतिशत मानिसहरुले सरकारको उक्त निर्णयको स्वागत गरेका छन् भने प्रमुख प्रतिपक्षि दलका करिव ८१.५ प्रतिशत मानिसहरुले भने सरकारको सो निर्णयको विरोध गरेका छन् ।

सरकारले गत हप्ता मात्र ५० हाजर जनालाई जनही ५ लाख २७ हजार १ सय ५८ वनका दरले कोरोना प्रभावित क्षेत्रका मानिसहरुलाई सहयोग स्वरुप डेविट कार्ड मार्फत स्थानीय क्षेत्रमा ३ महिनामा खर्च गरिसक्ने गरि सहयोग रकम उपलव्ध गराउने निर्णय गरेको थियो ।हटपाटीबाट