जापानमा सामुहिक सङ्क्रमण बढदो !

टोकियो-जापानमा कोरोना संक्रमण क्लस्टर वा समूहमा रहेकालाई बढी भएको देखिएको छ ।अनलाइन ट्रयाकीङको साहायताले जापानले कारोना संक्रमणका १५ वटा समुह पत्ता लगाएको जापानी स्वास्थ्य मन्त्रालयद्धारा प्रकाशित सुचनामा जनाइएको छ ।तोहोकी वश्विविद्यालयका भाइरोलोजी विषयका प्राध्यापक हितोसी ओसितानीका अनुसार उक्त अनलाइन म्यापिङले

५० वा सो भन्दा बढिको समुह भेटिए रातो संकेत, १० देखी ४९ जना सम्मको समुह देखिए नीलो तथा सो भन्दा कमको समुह भेटिए हरियो संकेत देखाउछ ।हाल ५० भन्दा बढीको समुह जापानको ओसाका शहरमा भएको एक सांगितिक समारोहमा सहभागीहरुमा मात्र देखाएको पनि मन्त्रालयले जनाएको छ ।

यता १० देखि ४९ जना सम्मको समुह भने जापानका टोकीयो, होकाइदो लगागतका शहरहरुमा देखिएको छ । १० भन्दा कमको समुह भने जापानका ४ वटा शहरहरुमा फेला परेको उक्त अनलाइन म्यापिङले देखाएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।जापानमा डायमण्ड क्रुज पानीजहाज का ६९७ समेत हाल सम्म १५२८ जनामा कोरोना भाइरसको संक्रमण भएको पनि मन्त्रालयले जनाएको छ ।