सराङकोटबाट प्याराग्लाइडिङ गरेका पयर्टक फेवातालमा डुब्दा मृत्यु

पोखरा : पोखरामा प्याराग्लाइडिङ गर्दा फेवातालमा डुबेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। आइतबार सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोमानियाली पर्यटक ४२ वर्षीय एज सिजर रहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहले जानकारी दिएका छन्।

आइतबार बिहान प्याराग्लाइडिङ गरेका पर्यटक फेवातालमा आइ खसेपछि तत्काल उद्धार गरी हस्पिटल लगिएको थियो । पोखराको मेट्रोसिटी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।