कोरियामा कोरोनाबाट १७ बर्षीय युवकको मृ’त्यु, थप अध्ययन गरिदै

सोल-कोरोना संक्रमणबाट पछिल्लो पटक एक १७ बर्षीय युवकको ज्या’न गएको खबरले कोरियन स्वास्थ्य क्षेत्रमा नयाँ भुइचालो गएको छ ।यदि उनको मृ’त्यु कोरोना संक्रमणकै कारण भएको भए उनी दक्षिण कोरियाका पहिलो कोरोनाका कारण ज्या’न गुमाउने किशोर हुने छन् ।१७ बर्षीय ति किशोरको मल्टिपल अग्र्यान फेलियरका कारण नि’धन भएको थियो

साथै उनी युङनाम विश्वविद्यालय अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।शुक्रवार भर्ना गरिएका उनलाई सघन उपचार कक्ष आई सि यु मा राखेर उपचार गरिएको थियो ।प्रारम्भिक परिक्षणहरुमा उनमा कोरोना संक्रमण पाइएको तथा उनको अन्य परिक्षणको विस्तृत विवरण हालसम्म नआइसकेको

कारण उनको मृ’त्यु कोरोना वा अन्य कारणले हो भन्ने यकिन रुपमा यसै भन्ने अवस्था नरहे ता पनि प्रारम्भिक तथ्यांकहरुका अनुसार भने उनको मृ’त्यु कोरोना भाइरसको कारणले नै भएको देखिएको अस्पताल श्रोतले बताएको छ ।कोरियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म कोरियामा ८४१३ जना संक्रमित भएका छन् जसमा २१३ जना १३ देखि १८ बर्ष उमेर समुहका रहेका छन् ।हटपाटीबाट