“बा पुर्पुरोमा हात लाएर ओर्लनु भयो”

हिजो त बा ॲगेनाको छेउ मईनिखाम निरको सानो मुदुस सम्म आउनु भयो।आज फेरी झुल्किए बुढा।आस्कोटबाट फाउन्टेन कलम निकालेर डाक्टरले सुई नापे जसरी मसि कति छ भनेर हेर्नुभयो।टन्नै देखेसि नबोली मुन्टो हल्लाउनु भयो।ल लेख हिजोका झै।केरमेट गर्न पाउन्नस।लेख्नु भन्दा अघि सरस्वति बन्दना गणेस स्वस्ति गर्नु पर्ने हो भनेपछि मेरा जिउमा काॅडा उम्रिए।

उ बेलाॅ एबिसिडि पढाउनी अईले आएर संस्कृत लेख भन्नी काॅहा सम्मका तानासाही निरंकुस हुन हाम्रा बा।हे भगवान यस्ता सामन्तिबाट किन जन्मायौ होला?लेख्छस कि लेख्तैनस?जनमत संग्रह टाईपको कोईसन सोध्छन त गाॅठे।लेख्न त लेख्छु बन्दना स्वस्ती लेख्नै जान्दिन।मैले घुॅक्क घुॅक्क रुॅदै भने।बा लिबरल हुनु भयो।

मलाई बादशाहलाई घोडाबाट झारे झै अनुभुति भयो।यस्ता कुरा क्यर्न लेख्नि हो?कस्ले पढिदिन्छ?लेखेर के फाईदा?भनेर केहि ठुलो स्वरले भने।ई यो फाईदा !भनेर सुरवाल खोलेर देखाउलान भन्ने डर थियो।फकाएर काम लिनु पर्नि ठाॅउमा पनि बुढा कम्ति सिपालु रहिन्छन।एकोहोरो फतफताए।हेर!यि कुराको दिर्घकालिन महत्व थाहा पाएर यो मध्यरातमा सुटुक्क आको छु।नॅई नास्ती नअर वावु।छोरा बुहारी नाती नातिनालाई कम्तिमा यो घरको कुरा भन्नी सौभाग्य पाईन।तॅ मार्फत उनिहरुले थाहा पाउन।समय बलवान छ समयलेनै फाईदा बताउॅछ।अर्काले नपढलान लाईक कमेन्ट नआउला भनेर लेखिनस भने हाम्रा घरको कुरा अर्काले लेखेर प्रतिलिपि अधिकार लैजान्छ।ओ माई गड!हाम्रा बा कति लङट्रम भिजन भका रचन भनेर लेख्नि जाॅगर लायो।के आफ्नै घरको लिखतको प्रतिलिपी अधिकार अरुलाई दिउॅ।ॲ ह यो हुनै सक्तैन।

आटी तिर जानेक्रममा बा झुक्किनु भयो।उहिलेको भर्याङ खोई?आज पनि खोईबाटै अनुगमन शुरुभयो।भाईहरु बलिया भए भर्याङ पुरानो भयो।साॅईला भाईको पौरखले यो नॅया भर्याङ हालेको हो।बॅासस्वाराको आगोले खाको घरमा एउटै रुखको फेदको लिस्नो थियो।तैंले देखिस?अरुको घरमा पर्म लाॅउदा देख्या छु।दाॅईमा धान बोकेर आटीमा लिस्नु चढनु माहाप्रलय हुनि रच।यो काईदा भयो नि।मुन्टो हल्लाईले नै बुझियो।बा खुसि हुनुभयो।तर यो खुसि आधामिनट पनि टिकेन।

आटीमा उक्लिएर नजर लाउनी बित्तिकै बाले लामो सुस्केरा हाल्नु भयो।ॲाखा राता पिरा भएर ॲाशु खस्छ कि झै थियो।थच्क्कै बस्नुभयो।यहिलोकमा भको भए हृदयघातको प्रचुर संभावना थियो।केहि समय पछि उठनुभयो।माहामारी होला अनिकाल लाउला अन्नको जातै नभको आटी पनि कॅहि हुन्छ?कस्तो घर आज कस्तो भएछ।हातै समाएर यो छेउको थामलाई बिचमा परेको भकारी सिस्नेबारीको खेतको हो त्याहा ॲधेरे मार्सिको २५ मुरीको भकारी थियो।यो बिचको थामको भकारी तल्लो उपल्लो सादरेको बसाउनी झिनुवाको२५मुरीको थियो।एता छेउमा तल्लाखन्नको २०मुरी काठे मार्सिको थियो।बग्गुवाको दर्माली,लाम्पातेको गलॅाए,भुरेको कालोपात्ले,थुम,पाखा साखाको ॲागा गरेर २५/३०मुरीको भुॅईतलामै पेटारोमा राखिन्थ्यो।

उत्तर तिर लाईन लगाएर पेटारा थिए।तिनिहरुमा धेरै कोदो हन्थ्यो।कोदो नबेच्ने चलन थियो।किनकि कोदो जति राखेपनि बिग्रदैनथ्यो।गॅहु जौको पेटारो थोरै थिए यो घर।लास्टै रिन लाएमा,अनिकालको जोहोको लागि हो।भकारीमा धान भरि सकेपछि गोवरमाटोले सर्लक्कै लिपिन्थ्यो माथि खरानीको घेरो लगाईन्थ्यो।त्यो किन हो भने किरा नलागोस भनेर हो।एता राम्रो सॅग हेर।हरेक भकारीमा दिउॅसोको घाम पर्नि गरी झ्याल राखिएको छ।जस्ले गर्दा अन्न सडदैन।कति वातानुकुलित छ बुझिस?मैले मुन्टो हल्लाए।

फतफताॅउदै बा पश्चिम तिरको कोठिमा हेर्नुभयो।थोत्रा कोत्रा बाहेक केहि थिएनन।कानमा हात राखेर टाउको अड्याएर एकछिन घोरिनु भयो।संझेका होलान बुढाले।यॅाहा बर्षभरीका लागि मास,भट्ट,गहत केराउ सिमि लगायतका गेडगुडि,गुन्द्रुक ,सुकाको साग, तान्द्रे कर्कलो भुजुरी मस्यौरा लगायतका अफ सिजनमा खानी तिहुन राखिन्थ्यो।हाम्रा पालाको तिउनतिम्रा पाला तरकारी अईले ड्राईकरी भैसकेछ।भाषामा आएको फेरबदलको पिरै पिरमाा नि एकपटक फेरी हाॅस्नुभयो।

मलाई आश्चर्य लागिरहको थियो।यसरी रित्तो आटी देखेर नि बुढा खासै चर्केका छैनन भनेर।कुरो एसो रच।आटीमा जानी सिस्टम हुॅदो रच।ठुलो दम्को पार्नु हुदैन।बुझिन।दम्को भनेको के हो?ठुलो आवाज आउनि गरेर बोल्न हिडन हुन्न क्या।सह जान्छ।भकारीमा सालिग्राम शिला राखिएका हुन्थे,गोबर टालेर धुप अक्षता फुलपातीले बेला बेलामा पुजा गरिन्थ्यो।बिशेष गरी लक्षमिपुजामा धनकी देविको पुजा हुन्थ्यो।हरेक भकारीको नजिकमा निउवाको पातको दियो बनाएर बत्ति बालेर जिम जाआो जिमजाओ भन्नु पर्थ्यो।

नेपथ्यबाट चिरबिर चिरबिरका मधुरा आवाजले बाको ध्यान तान्यो।यि सवैले छोडेपनि मेरोघर यिनिहरुले छोडेका रहिन्छन।हुनता तिनले पनि यो घर मेरै भनेका होलान नि?ॲाफैले प्रतिप्रश्न गर्नुभयो।भॅगेरा डाॅग्रेका युगल जोडिहरु मुन्टो फर्काउदै बालाई चिने झै गरी बात मारीरहेका थिए।कुना तिर एउटा ढाडे बिरालो मुसाको खोजिमा जोखना हेरिरहेको रहेछ।हाम्रो खासखुसले उस्को तपस्या भंग भयो।ङ्याउ गर्दै बालाई ठुला ॲाखाले हेर्दै गयो।बाले यसलाई परात्मको नियम ।हामिले पारिस्थिक प्रणाली ।र विवेकका पालाकाले ईको सिस्टम भन्दा रचन।आटीमा पनि छुट्टै जिवन चलिरहको हुदो रहेछ।आफ्नै आटीमा पाईने ज्ञान बिज्ञानका अनेकौ मोडलहरुको शुक्ष्म अध्य्यन नगरी घोकिएका किताव ब्यर्थै लायो।कसम,बाले प्राय अर्ति उपदेस दिई सके पछि बुझ्यो कि बुझेन भनेर या नभनिकनै ॲाफै गमेर पनि केहि जान्यो कि जानेन भनेर परिक्षा लिनु हुन्थ्यो।यो उॅहाको पुरानै शैली हो।मलाई भने कस्तो पर्नि हो नजानेर कानतातो हुनि गरेर खाईएका लपेटाहरुको यादले तडपाई रहेको थियो।

बाले मलाई फ्याट्टै सोध्नुभयो।यि भकारी कसरी खङारिन्थ्यो भन?मैले जसरी हालियो त्यसरी नै एकजनाले भकारीमा पस्नि अरुले थैलो थापेर भर्याङ हुदै ओर्लने भनेर उत्तर दिए।यो सुनेर बाले थुक्क मतना गरेर अनुहारमै छिटा पारेरसुस्तरी भन्नु भयो।यि याॅहा आटीको बिचमा आधाबित्ता परिधिको बुॅमदालो छ।जुन घर बनाउदै परिकल्पना गरिएको हो।ए बुॅमदालो भनेको प्वाल रईच।म दंग परे।यसको प्रयोग कसरी गर्ने?माथिबाट कति अन्न निकाल्ने एकिन गर्ने र एकजनाले भकारीबाट हाल्ने तल डालो या थुन्से थैलो थाप्नी भर्याङ ओर्लिने हत्ते गर्नै पर्थेन।सर्टकर्टमा बाले माथिबाट हाल्नी र आमाहरुले पालैपालो थापेर समय र श्रमको बचत गर्नि रचन भनेर बुझे मैले।ए यो प्रविधि त उईलेको अटोसिस्टम पो रहेछ।चर्को बोल्न नहुनि नियमले बाॅधेको हुनाले बा अरु स्थानमाझै झोक्किनु भएन।एत्रा जाहानको घर रित्तै छ।पुर्पुरोमा हात लाएर बा सुस्तरी आटीबाट ओर्लनुभयो।
हरिराम भन्डारी – लेखक