कोरोनाको कारण दक्षिण कोरियामा पहिलोपटक डाक्टरको मृ’त्यु !

सोल-थेगु प्रान्तको एक अस्पतालमा कोरोना संक्रमीतहरुको उपचारमा संलग्न एक चिकित्सकको सोही रोगको संक्रमणका कारण मृत्यु भएको स्थानीय प्रशाशन अधिकारीले बताएका छन् ।कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको ज्यान गएको कोरियाको यो पहिलो घटना हो ।उक्त शहरका स्वास्थ्य अधिकारीका अनुसार ५९ बर्षीय ती डाक्टर थेगु शहरमा फैलिएको

कोरोना संक्रमण रोकथामका लागि खटिइरहेका थिए ।गत मार्च १९ तारिखबाट संक्रमणग्रस्त बनेका उनी सोही अस्पतालमा उपचाररत थिए । उनि कसरि कोरोना संक्रमित भए भन्ने यकिन नभए पनि विरामीहरुको उपचारकै क्रममा भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

थेगुस्थित स्वास्थ्य विभागका अधिकारीका अनुसार हालसम्म सो स्थानमा १४ डाक्टर सहित १२१ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणबाटग्रस्त भएका छन् ।कोरियामा कोरोना संक्रमणबाट हालसम्म १००६२ जना मानिस संक्रमित भएका छन् भने सोहि संक्रमणका कारण हाल सम्म १ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।