कोरोना महामारी – कोरियामा सामाजिक दुरी कायम अभियान अप्रिल १९ सम्म

सोल-दक्षिण कोरियाली सरकारले विश्वभर फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि भन्दै चलाइरहेको सामाजिक दुरी कायम राख्ने अभियानलाई अप्रिल १९ सम्म निरन्तरता दिने भएको छ ।प्रधानमन्त्री चुङ सेइ क्युनको अध्यक्षतामा बसेको सरकारका उच्च पदस्त अधिकारीहरुको बैठकले कोरोना संक्रमण आशातित रुपमा नियन्त्रणमा नआएको तथा यसबाट बच्ने यथेष्ट

उपचार समेत नभएको हालको परिस्थितिमा यहि एक उत्तम विकल्प भएको बताउदै सरकारले सो जानकारी दिएको हो ।यसअघि सरकारले आगामी आइतवारबाट सार्वजनिक महत्वका कार्यालय तथा शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने योजना ल्याएको थियो तर वर्तमान परिस्थितिमा सो असम्भव भएको बताउदै सरकारले आगामी

अप्रिल १९ सम्म देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु तथा सार्वजनिक संस्थाहरु समेत बन्द गर्ने निर्णयलाई जारी नै राखेको बताएको छ ।सरकारले सो निर्णय प्रथम पटक जनावरी २० बाट लागु गरेको थियो ।दक्षिण कोरियामा फ्रेब्रुअरी २९ तारिखमा सर्वाधिक ८१३ जना संक्रमित पाइए यता हालसम्म पनि कोरियामा संक्रमणका करिव एक सयको हाराहारीमा नयाँ विरामीहरु पाइएका कारण सरकारले ढुक्कको वातावरण नभएको बताउदै देशभरका नागरिकहरुलाई सरकारको कोरोना विरुद्धको लडाँइमा साथ तथा सहयोग गर्न अनुरोध समेत गरेको छ ।हटपाटी