सुशीला पाठकले ल्याइन् ‘देशै खाने भाइ (भिडियो)

काठमाडौँ : आफ्नो जन्मदिन पारेर गायिका सुशीला पाठकले नयाँ भिडियो सार्वजनिक गरेकी छन् । शान्तिप्रियद्वारा लिखित यो गीतमा दीपक शर्माको संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन । मिठो मेलोडीमा बनाइएको यो गीतमा सुशीला खुलेकी छिन् ।

यो गीतमा गायिका सुशीलालाई अभिनयमा विशाल थापा र समिक्षा पोखरेलले साथ दिएका छन् । भिडियोलाई सचिन थापाले निर्देशन गरेका छन् । उनकै छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोमा तन्नेरीहरु रमाउँदै आफ्नो काममा लागिपरेको कुरा देखाइएको छ ।

“देशै खाने भइ” बोलको यो गीतले कत्तिको चर्चा र सफलता पाउने हो त्यो भने हेर्न बाँकी नै छ । यसअधि पनि सुशीलाका तीन भिडियो र एउटा एल्बम आइसकेका छन् ।

उनले एक दर्जनभन्दा बढी फुटकर गीत बिभिन्न एल्बममा गाइसकेकी छिन् । गायनमा अत्यन्त उत्साहित उनी दोस्रो एल्बमको तयारीमा जुटेकी छिन् ।

भिडियो