अमेरिकी जासुसी बिमान कोरियाली प्रायद्धीपमा

प्योङयाङ – हालै उत्तर कोरियाले आफ्ना मध्यम दुरीका मिसाइलहरुको परिक्षण गरे पश्चात कोरियाली प्रायद्धीपमा अमेरिकी सैनिकहरुको सक्रियता बढेको छ । सोही क्रममा हालै अमेरिकाले आफ्नो एक जासुसी विमानलाई उत्तर कोरियाली सिमा क्षेत्रमा उडाएको विमान निगारानी गर्ने निकायले बताएको छ । अधिकारीहरुका अनुसार अमेरिकी सेनाको आरसी १३५ डब्लु रिभेन्ट

जोइन्ट नामक विमान दक्षिण कोरियाको सोल , ख्यंगी तथा खाङ्गवनको आकाश वरपर देखिएको अधिकारीहरुले जनाएका छन् । उत्तर कोरियाले आफ्ना पछिल्ला परीक्षणहरु निरन्तर रुपमा सफलतापूर्वक सम्मन्न गर्न थालेपछि कोरियाली आकाशमा अमेरिकी जासुुस विमानहरुको सक्रियता समेत ह्वात्तै बढेको हो ।

गत सोमबार मात्र अमेरिकी सरकारका उच्च अधिकारीसँगको टेलिफोन वार्तामा उत्तर कोरियाली अधिकारीले आफ्नो अमेरिकासँग सम्बन्ध सुधार गर्ने कुनै रुची नभएको बताएका थिए | ती अधिकारीले अमेरिका विरुद्धको प्रतिरक्षाप्रणाली थप मजवुत बनाउने आफ्नो रणनीति अनुरुप नै आफूहरुले निरनतर मिसाइल्स परीक्षण गरिरहेको तथा आगामी दिनहरुमा समेत सो कार्य जारी राख्ने समेत बताएको थिए ।हटपाटी