दक्षिण कोरियाका नेपालीले पठाएको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका संकलन गरिएको आवश्यक स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारका स्वास्थ्य सचिव यादव प्रसाद कोइराला मार्फत सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ । प्रवासमा रहेका नेपालीहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक

सामाग्री पठाई नेपाल सरकारलाई सहयोग गरेका हुन् । उनीहरुले नेपाललाई ४ हजार कोरोना टेष्टिङ किटसहित ७५ लाख भन्दा बढिको औषधि लगायत स्वास्थ्य सामाग्रीहरु पठाएका थिए ।गैरआवासीय नेपाली संघ एनआरएनए कोरियाको संयोजनामा उक्त सामाग्रीहरु पठाइएको थियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्

दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियान्ताको सहकार्यंमा सहयोग संकलन अभियान सञ्चालन भएको थियो । त्यहाँ रहेका नेपालीहरुले एकदिनमै १ दिनमा नै १ करोड ४० लाख भन्दा बढि रकम संकलन भएको थियो ।यतिबेला विश्व समुदाय नै कोरोनाबाट आक्रान्त बनेको छ । जसबाट नेपाल अक्षुतो रहन सक्ने कुरै भएन । हालसम्म नेपालमा ९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै कोरोनाबाट हुने जोखिम कम गर्नका लागि आवश्यक तयारीहरु गर्न थालिएको छ । मातृभुमीमा परेको विपदको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वान बराबरको किट खरिद गरि सहयोग गर्नका लागि कोरियाबासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको थियो । कोरियामा उत्पादन गरिएको उक्त किटले कोरोनाको लक्षण छ वा छैन भन्ने कुरा ३ घण्टामा नै जानकारी दिनेछ ।नेपाल पठाउनका लागि खरिद गरिएको उक्त किट बिहीवार दक्षिण कोरियाका लागि नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको थियो ।