कोरियाले १८ हजार भन्दा धेरै इपिएस कामदारको भिसा थप गर्यो

दक्षिण कोरियाले १८ हजार भन्दा धेरै इपिएस कामदारको भिसा थप गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार मंगलबार सम्म भिसा थपको लागि निबेदन आएका १८ हजार ५ सय ८ जना इपिएस कामदारको ५० दीन भिसा अबधि थप भएको हो।कोभिड१९ का कारण इपिएस लागु भएका अधिकांस देश बाट कामदार भित्रिने क्रम रोकिएपछि कोरियामा कामदारको

अभावलाई पूर्ति गर्न उक्त समयावधि थपेको बताएको छ । अधिकांस रोजगारदाताहरुले समेत कामदारको भिसा थपको लागि अनुरोध गर्दै आएका थिए । “यो रोजगार दाता र कामदार दुबैको लागी आबस्यकता हो । यसले रोजगार दातालाई कामदारको अभाबको पुर्ति गर्ने छ भने कामदारलाई पनि आफ्नो

दैनिक जीवन यापनमा थप सहज बन्न जानेछ ” श्रम तथा रोजगार मन्त्री ली जेइ गपले एक बक्तव्यमा भने ।कोरियामा भिसा अबधि सकिनै लाग्दा कोभिड-१९ का कारण स्वदेश फर्किन अन्योलमा परेका कामदारलाइ ५० दिने भिसा थपको नीतिले केहि राहत मिल्ने देखिन्छ ।कोरियामा रहेका कामदार बाहेक अन्य भिसा बाहकको लागी भने बिना निबेदन अटोमेटिक ३ महिनाको भिसा थप हुने न्याय मन्त्रालयले बताएको छ ।हेल्लो नेपाल कोरिया डटकममा किशन गौतमको रिपोर्ट