दक्षिण कोरियाका वैज्ञानिकहरु कोरोनाभारसको आरएनए जिनोमको उच्चस्तरीय चित्र तयार गर्न सफल

दक्षिण कोरियाली वैज्ञानिकहरुले नोबेल कोरानाभाइरसको आरएनए जिनोम (कुनै प्राणीमा रहेको जीनसहित डीएनएको पूरा सेट) को ‘हाई रिसोलुसन म्याप’ (उच्च स्तरको चित्र) तयार गरेका छन् । आरएनए जिनोममा भाइरसको आनुवंशिक (जेनेटिक) जानकारीहरु संग्रहित भएका हुन्छन् । यसले वैज्ञानिकहरुलाई भाइरसको व्यवहार र जीवनचक्रबारे राम्ररी बुझ्न सहयोग पुग्ने र त्यसविरुद्धको

खोपको विकास तथा सटिक परीक्षणमा सहयोगी हुने बताइएको छ ।सोलस्थित इन्सिटिट्युट फर बेसिक साइन्समा रहेको सेन्टर फर आरएनए रिसर्चमा भी. न्यारी किम र चाङ हियेशीले नेतृत्व गरेको अनुसन्धान टोलीले यो सफलता प्राप्त गरेका हुन् । उनीहरुले कोरिया सेन्टर फर डिजिज कन्ट्रोल (केसीडीसी) सँग पनि सहकार्य गरेका थिए ।

केसीडीसीले अहिले कोरियामा कोभिड–१९ को वृहत् परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।‘हामीले सार्स–सीओभी–२ को हाई रिसोलुसन म्याप तयार गरेका छौँ,’ किमले नोबल कोरोनाभाइरसको वैज्ञानिक नाम लिँदै इन्सिटिट्युटबाट जारी विज्ञप्तिमा भनेकी छिन् । ‘यो म्याप (चित्र) ले भाइरस कसरी फैलिन्छ र मानिसको प्रतिरक्षा प्रणालीलाई कसरी छल्छ भन्ने देखाउँछ ।’‘हामीले सार्स–सीओभी–२ को हाई रिसोलुसन म्याप तयार गरेका छौँ,’ किमले नोबल कोरोनाभाइरसको वैज्ञानिक नाम लिँदै इन्सिटिट्युटबाट जारी विज्ञप्तिमा भनेकी छिन् । ‘यो म्याप (चित्र) ले भाइरस कसरी फैलिन्छ र मानिसको प्रतिरक्षा प्रणालीलाई कसरी छल्छ भन्ने देखाउँछ ।’

किम दक्षिण कोरियाकी प्रसिद्ध अनुसन्धाकर्ता मध्येमा पर्छिन् । सन् २००९ को नेचर म्यागजिनका अनुसार उनी ३९ वर्षको उमेरमा नै नोबल पुरस्कारसमान मानिने हो–एम पुरस्कार जित्ने सबैभन्दा कम उमेरको वैज्ञानिकमध्ये एक बनेकी थिइन् ।उनलाई युवा वैज्ञानिक, विशेष गरेर महिला, हरुका लागि प्रेरणा मानिन्छ । किनभने कोरियाको वैज्ञानिक जनशक्तिमा माहिलाको संख्या १९ प्रतिशत मात्र रहेको छ ।सोल नेसनल युनिभर्सिटी चिल्ड्रेन्स अस्पतालका प्राध्यापक लि होवाङजोङका अनुसार यो अनुसन्धानले भाइरसले कस्तो प्रकारको प्रोटिन तयार गर्छ भन्ने कुराको पहिचान गर्न मद्दत पुग्नेछ जुन खोपको विकासमा सहयोगी साबित हुनेछ ।

सिंगापुर इम्युनोलोजी नेटवर्कका शीर्ष अनुसन्धानकर्ता प्राध्यापक लिसा एनजीले दक्षिण कोरियाली अध्ययनले सार्स–सीओभी–२ संक्रमणको प्याथोजेनेसिस (भाइरसको विकासक्रम) को बारेमा पहिलो स्पष्ट चित्र प्रदान गर्ने बताइन् । यसले संक्रमणको संरचना र संक्रमितको प्रतिक्रियाको बारेमा थप अध्ययन गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।टोलीको अध्ययनलाई ‘सेल’ नामक वैज्ञानिक जर्नलमा बिहीबार प्रकाशित गरिएको थियो । यसले कोरोनाभाइरसको ‘रहस्यमय जिनोम’माथि थप प्रकाश पारेको छ ।नोबेल कोरोनाभाइरस कोषलाई संक्रमित गरिसकेपछि संख्याबृद्धि गर्दै गरेको चित्र ।

भाइरसहरु आफै प्रजनन गर्दैनन् तर उनीहरुमा उपयुक्त जीवित कोशिका भेट्टाए पुनरावृत्ति हुने (फोटो कपीबाट धेरै प्रतिलिपि निस्किएजस्तै) गुण हुन्छ । नयाँ कोरोनाभाइरसको जिनोममा धेरै लामो रिबो न्युक्लेयिक एसिड (आरएनए) मोलिक्युलका रुपमा यसको प्रजननको तरिका संग्रहित भएको हुन्छ । यसमा ३० हजार जेनेटिक बेस वा लेटरहरु हुन्छन् ।भाइरसहरु आफै प्रजनन गर्दैनन् तर उनीहरुले अनुकूल जीवित कोशिका भेट्टाए त्यसमा पसेर संख्याबृद्धि (फोटो कपीबाट धेरै प्रतिलिपि निस्किएजस्तै) गर्ने गुण हुन्छ । नयाँ कोरोनाभाइरसको जिनोममा धेरै लामो रिबो न्युक्लेयिक एसिड (आरएनए) मोलिक्युलका रुपमा यसको प्रजननको तरिका संग्रहित भएको हुन्छ । यसमा ३० हजार जेनेटिक बेस वा लेटरहरु हुन्छन् ।

जब भाइरसले आफ्नो शिकारको कोषमा प्रवेश गरेर संक्रमित गर्छ, यसले सबजेनोमिक आरएनए भनिने साना आरएनएहरु उत्पादन गर्छ र आरएनएलाई ठूलो संख्यामा पुनरावृत्ति गर्दछ । केही सबजेनोमिक आरएनएले भाइरल प्रोटिनहरु निर्माण गर्छ, जसले संक्रमित व्यक्तिको शरीरले भाइरसप्रति देखाउने प्रतिरोधतात्मक प्रतिक्रियालाई दबाउँछ ।दक्षिण कोरियाली अनुसन्धानकर्ताहरुले दुई वटा पूरक अनुक्रमण (कम्प्लीमेन्टरी सिक्वेन्सिङ) प्रविधिको प्रयोग गरेका थिए । जसबाट उनीहरुले सबजेनोमिक आरएनए भाइरल प्रोटिनमा परिणत हुने सुनिश्चित गरेका थिए । उनीहरुले यसअघि अज्ञात रहेका दर्जनौँ सबजेनोमिक आरएनए पनि फेला पारेका थिए ।

‘सार्स–सीओभी–२ को विस्तृत संरचना पत्ता लगाउनबाहेक धेरै नयाँ आरएनए र भाइरल आरएनएका कयौँ अज्ञात रसायनिक परिवर्तनहरुलाई पनि पत्ता लगाएका छौँ,’ किमले भनिन् ।‘यसमा थप अनुसन्धान आवश्यक रहे पनि यी अणुगत प्रक्रियाले कोरोनाभाइरसको तीव्र गतिमा भइरहेको विकासलाई बुझ्न सहयोग पुग्नेछ । यी परिवर्तनले के गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, यसले भाइरसलाई संक्रमितको प्रतिरोधात्मक प्रणालीलाई छल्न मद्दत गर्ने सम्भावना प्रबल रहेको छ,’ उनले भनेकी छिन् ।सार्स–सीओभी–२ का सबै प्रोटिनहरुको बुझाइ निकै महत्त्वपूर्ण हुन्छ किनभने हरेक प्रोटिनको जानकारीले औषधी निर्माताहरुलाई यसविरुद्धको औषधी निर्माण गर्नका लागि सहयोग पु¥याउनेछ ।

यो महामारीको बीचमा हामीसँग उपलब्ध औषधीमध्ये कुनै एकले नै काम गर्न सक्छ कि भन्ने विषयलाई औषधी निर्माताहरुले प्राथमिकतामा राखेका छन् भन्ने गत महिना इकोनोमिस्टमा प्रकाशित एक आलेखमा भनिएको थियो ।इन्सटिट्युट फर बेसिक साइन्सको वक्तव्यमा पनि साना आरएनको पहिचानले कोरोनाभाइरसलाई मानिसको प्रतिरोधात्मक क्षमतालाई हराउन नदिन औषधीका लागि सटिक लक्ष्य पहिचान गर्न सहयोगी हुने बताइएको छ ।किमका अनुसार अब वैज्ञानिकहरुले पत्ता लगाएका नयाँ सबजेनोमिक आरएनएको कामको पहिचान र उनीहरुले गरेको परिवर्तनले भाइरसको फैलावट र प्रतिरोधात्मक क्षमतालाई दबाउन भूमिका खेलेको छ कि छैन भन्ने कुराको अध्ययन गर्नेछन् ।

किमका अनुसार अब वैज्ञानिकहरुले पत्ता लगाएका नयाँ सबजेनोमिक आरएनएको कामको पहिचान र उनीहरुले गरेको परिवर्तनले भाइरसको फैलावट र प्रतिरोधात्मक क्षमतालाई दबाउन भूमिका खेलेको छ कि छैन भन्ने कुराको अध्ययन गर्नेछन् ।यसअघिका युरोपियन र चिनियाँ वैज्ञानिहरुले गरेका जिन सिक्वेन्सिङ अध्ययनहरुले कोरोनाभाइरसले एचआईभी जसरी म्युटेसन गर्ने देखिएको थियो । अर्थात् मानव कोषसँग बाँधिने यसको क्षमता सार्स भाइरसभन्दा १ हजार गुणा बढी रहेको देखिएको थियो । साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित पार्क चान क्योङको रिपोर्टको रातोपाटीले गरेको नेपाली अनुवाद