कोरियाको ख्याङ्गी प्रान्तमा बसोबास गर्ने विदेशीले पनि सरकारी राहत पाउने

कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले बैबाहिक भिसा बाहक तथा स्थाई बसोबास गर्ने बिदेशी नागरिकलाई समेत सरकारी राहत उपलब्ध गराउने भएको छ ।गत फेब्रुरी देखि महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण आफ्ना नागरिकलाई दैनिक जीवनयापनमा समस्या आएको भन्दै सरकारले १ लाख कोरियान वोन राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त राहत पाउनेमा अब ख्याङ्गिदो प्रान्तमा स्थाई बसोबास गरिरहेका एफ -५ र एफ-६ भिसा भएका बिदेशी नागरिक पनि पर्ने छन् । कोरियामा ट्याक्स तिर्ने सम्पूर्ण बिदेशी नागरिकलाई राहत दिनु पर्छ भन्दै गएको ३ हप्तामा १४ हजार हस्ताक्षर सरकारी वेबसाइट जम्मा भएको थियो ।सरकारी तथ्यांकअनुसार हाल ख्याङ्गिदो प्रान्तमा ४८ हजार बैबाहिक भिसा बाहक र ६० हजार स्थाई बसोबास गर्दै आएका बिदेशी नागरिक छन् ।हेल्लो नेपाल कोरिया डटकम मा किशन गौतमको रिपोर्ट

कोरियामा शक्तिशाली हुरी बतास ,सचेत रहन सुझाव

दक्षिण कोरियामा मंगलबार देखी शक्तिशाली हावाहुरी चलेको छ।बुधबार दिनभरी कोरियाका अधिकाँश ठाँउहरुमा हावाहुरी चल्ने मौषम बिज्ञान बिभाग दक्षिण कोरियाले जनाएको छ।कोरिया मौसम विज्ञान प्रशासन (केएमए) ले बुधवार देशको अधिकांश भागहरूमा शक्तिशाली हावा हुरी बहने भएकोले उच्च शतर्कता सचेतना जारी गरेको छ।उत्तर-पूर्वी प्रान्त खाङ्गवनका केही भागमा आज बिहान 8 बजे शक्तिशाली हावाको वेग प्रसारण भयो। दक्षिणी टापु जेजुमा सबैभन्दा शक्तिशाली हावाहुरी आउने सम्भावना भएसंगै शतर्कता सुची क्षेत्रमा राखिएको छ।

सउल तथा आसपास लगायत देशैभरीका ठाउँहरुमा शक्तिशाली वेगमा बतास चल्ने भएकोले शतर्कता अपनाउन आग्रह गरिएको छ।”खास गरी समुद्री तटवर्ती क्षेत्रमा बुधवार राती सम्म एकदमै तीव्र हावा चल्ने जनाईएको छ।उच्च शतर्कता र सुरक्षामा विशेष ध्यान दिनुपर्दछ,” एजेन्सीले भने।मौसम एजेन्सीले भनिएको छ कि अत्यन्तै तेजगतीमा हावा चीनबाट उच्च वायुमण्डलीय चाप र जापानको कम वातावरणीय दबाव बीचको भिन्नताका कारण कोरियामा यसको प्रभाव परेको हो।

आज दिउँसो सियोल महानगर क्षेत्र,ईन्छन र खाङ्गवन र बिहिबार बिहान सम्म अन्य क्षेत्रहरुमा यसको प्रभाव पर्ने जनाईएको छ। आउदो शनिवार पनी यस्तै शक्तिशाली बतास चल्ने भएकोले शतर्क रहन सुझाईएको छ।