स्वेच्छिक कम्पनि परिवर्तन गर्न पाउनुपर्ने लगायतका माग राख्दै सउलमा ब्यापक र्याली !

मिन बि क ,सौल दक्षिण कोरिया ,मे १ अर्थात अन्तरास्ट्रिय मजदुर दिवसको कार्यक्रम प्रवासी मजदुर युनियनले अप्रिल २६ मै सम्पन्न गरेको छ ।कोरियामा कोर्भिड -१९ कोरोना भाईरस्को कारण भेला सम्मेलन गर्न बन्देज लगाएको कारण अर्थात मे १ तारिक सम्पुर्ण प्रवासी कामदारहरुलाई बिदा नहुने भएको कारण अप्रिल २६ मै कार्यक्रम गर्नु परेको

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बताउनुभएको थियो । कार्यक्रममा प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बोल्दै स्वेच्छिक रुपमा कम्पनि परिवर्तन गर्न पाउनुपर्ने ,विभेदकारी इपिएस सिस्टम खारेज गरिनुपर्ने , बिदेशी कामदारलाई पनि कोरियन कामदार सरहको सेवा सुबिधा उपलब्ध गराउनुपर्ने ,

मजदुर अधिकारको सुनिश्चितता हुनुपर्ने , कामदारहरुले आफ्नो परिवारसंगै बस्न पाउनुपर्ने कोरोनाको कारण प्रभावित क्षेत्रका बिदेशी कामदारहरुलाई पनि राहत वितरण्मा समानता हुनुपर्ने लगायतका माग जोडदार रुपमा राख्नुभएको थियो । साथै कम्पनि परिवर्तन गर्दाका कठिनाईहरु मालिकले गर्ने दुर्ब्यबहारहरु , कम्पनीमा बिदेशी कामदारलाई गर्ने विभेदका उदाहरणका रुपमा बिदेशी कामदारहरुका आफ्ना भोगाइहरु आफ़ैले प्रस्तुत गरेका थिए ।

कम्पनि परिवर्तन गर्दा साहुले कुट्ने, दुर्ब्यबहार गर्ने , काम धेरै लगाउने तर काम गरेको जति तलब नदिने तलब धेरै काटेर मात्रै दिने । लैंगिक विभेद तथा दुर्ब्यबहार गर्ने र प्रत्यक दिन मरेर जिउनु पर्ने दुखद अनुभवहरु सुनाएका थिए ।हेल्लो कोरिया नेपालबाट