किमले खाएको किम्चीमा प्लास्टिकका टुक्रा

सोल-किम्ची कोरियाली नागरिकको मात्र नभई अन्य देशका नागरिकहरुको पनि मापर्ने कोरियाली खाना हो । अमेरिकी पूर्व राष्ट्रपति वाराक ओवामा त यसका फ्यान नै थिए । तपाई मध्ये पनि धेरै किम्ची मन पराउनुहुन्छ । तर कोरियामा भने किम्ची बारे यौटा नराम्रो खबर आएको छ । विशेष गरि अमेरिका निर्यात गर्ने किम्ची उत्पादक कम्पनि पुलमोनले उत्पादन गरेको किम्चीमा प्लास्टिकका टुक्रा पाइएका छन् ।

किम थर भएका २९ बर्षिय एक कर्मचारीले कार्यालय नजिकैको सुपरमार्केटबाट किनेका किम्ची प्याकेटहरुमा प्लास्टिकका टुक्रा पाइएको हो । प्याकेट खोलेर खाँदा आफ्नो गिँजा काटेको र हेर्दा प्लास्टिकका धारिला टुक्रा किम्चीको प्याकेटमा पाइएको उनले बताए । घाउ खासै गहिरो नलागेका कारण आफूले थुकेको र

अर्को प्याकेट खोल्दा त्यसमा पनि सिसाका टुक्रा भेट्टाएको उनले बताए । जम्मा ६ प्याकेट किम्ची किनेकोमा २ वटामा सिसा भेट्टाएको पनि उनले बताए । उनका अनुसार ती सिसाका टुक्रा करिव १.५ सेन्टिमिटर सम्मका थिए । सो घटना पश्चात उत्पादक कम्पनिले उक्त सिसाका टुक्रा परिक्षणका लागि लगिने जनाएको छ । किम्ची उत्पादन गर्ने स्थानमा प्लास्टिकका टुक्रा हुनै नहुने बताउदै कम्पनिले गम्भिर अनुसन्धान गर्ने बताएको छ ।

उक्त कम्पनिले पुलमोन फुड्सको नामबाट अमेरिकामा खाध्य पदार्थको उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । अमेरिकामा भने सो किम्चीलाई नासोया ब्राण्डबाट विक्री गर्दै आएको छ । अमेरिकामा कुल खपत हुने किम्चीको करिव ४० प्रतिशत उत्पादन पुलमोन फुड्सले गर्दै आएको छ ।