वैदेशिक रोजगारमा गएकालाई तत्काल फर्काउन सकिँदैन : अर्थमन्त्री खतिवडा

वैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल सरकारले तत्काल नफर्काउने भएको छ ।

बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफदिँदै अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताए ।

अहिले संक्रमणबाट जोगिन सीमा रक्षा गर्नुपर्ने समयमा मान्छे लाने र ल्याउने काम नगर्ने उनको भनाइ छ ।सरकारले नै अहिले जो जो जहाँ छन् त्यहीँ सहज बसोबासका लागि सम्बन्धित देशको प्रमुखसँग बारम्बार आह्वान गरेको पनि खतिवडाले बताए ।

कूटनीतिक नियोगबाट पनि उनीहरुको हेरचाह हुने बताउँदै उनले खानपानमा समस्या भए अर्थमन्त्रालय समेत बजेट दिन तयार रहेको उनले बताए ।