थप ३२ मा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५४८

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रायलका सह प्रवक्ता समिर अधिकारीले थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

संक्रमितमध्ये कपिलबस्तुका ८, सर्लाहीका १३, बाराका १, काठमाडौँका १, रुपन्देहीका ८ र चितवनका १ जना रहेका छन् ।

यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । समिर अधिकारीका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन्।