दक्षिण कोरियाको राष्ट्रिय सभामा पहिलो महिला उपसभामुख 

सोल

दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टिकी नेतृ किम साङ त्यहाँको राष्ट्रिय सभाको पहिलो उपसभामुख भोलि सोमबार बन्दै छिन् ।

करिव ३० बर्षे आफ्नो राजनैतिक जीवनमा उनले ३ कार्यकाल सांसद भएकी थिइन्। विभिन्न जन आन्दोलनहरुको नेतृत्व गर्ने देखि प्रजातान्त्रिक तथा वातावरणीय क्षेत्रमा निरन्तर लडिरहेकी छन् ।

उपसभामुख भए पश्चात स्थानीय एक रेडियो सँगको अन्तरवार्तामा उनले महिलाको राजनितिक यात्रा काँचको भर्याङ जस्तै रहेको बताएकी छन् ।

उनले ७३ बर्ष लामो राजनितिक इतिहासमा पहिलो पटक महिला र पुरुष एउटै च्याम्बरमा बसेर रुलिङ गर्ने अवसर प्राप्त भएको बताउदै यसले महिला आन्दोलनमा नयाँ खुड्किलो बनाउने बताएकी छन् ।

हाल कोरियाका सत्तारुढ डेमोक्रेटिक पार्टी अफ कोरिया तथा प्रमुख प्रतिपक्षि युनाइटेड फ्युचर पार्टिले २० जनाको कोटा प्राप्त गरृका छन्।उपसभामुख पदमा अन्य २ पुरुस सांसदहरुको दावा गरेको भए पनि छनौटमा उनी परेकि हुन् ।

२०२० लाइ लैङ्गिक समानता सहितको राष्ट्रिय सभा बनाउने नारा लिएर अगाडी बढेकी उनले गत मे १५ मा उपसभामुख पदमा उम्मेद्वारी दिएकी थिईन् । २५ मे मा हुने बैठकले उनलाई उपसभामुख बनाएको घोषणा गर्ने छ ।हटपाटीबाट