कोरोना मथ्थर हुने बित्तिकै अमेरिकाले उत्तर कोरियासंग बार्ता गर्ने

काठमाडाैं

-अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ ब्रेइनले उत्तर कोरियाले समृद्ध अर्थतन्त्रका लागि आणविक हतियारको बाटो त्यागेर वार्ता मार्फत समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

हालै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो विशेष बैठक मार्फत आणविक हतियारमा शसक्तिरकरण गरिनुपर्ने बताए लगत्तै अमेरिकाको सो भनाई बाहिर आएको हो ।

उत्तर कोरियाली नेता किम सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैनिक आयोगले आयो जना गरेको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा हतियारका अलावा सैन्य क्षमतालाई कसरि अझ शशक्त रुपमा कसरि अगाडी बढाउने भन्ने विषयमा समेत चर्चा भएको थियो ।

उनले बैठकमा आफ्नो सैन्य क्षमतालाई आणविक युद्दका लागि कसरि तयार राख्ने र उच्च सतर्कतामा राख्ने बिषयमा पनि छलफल भएको थियो ।

सैन्य गतिविधिलाई अझ परिस्कृत गरि आउन सक्ने समस्याहरु सँग शसक्त रुपले प्रतिकार गर्न उनले सो बैठकमा सैनिक अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

उत्तर कोरियाले सन् २०१८ बाट आणविक हतियार विकासमा अगाडि बढिरहेको जनाउदै अमेरिकाले यो करिव साढे ३ बर्षमा उत्तर कोरियालाई निशश्त्रिकरण गर्दै आर्थिक समृद्धि तर्फ लैजान अमेरिका क्रियाशील रहेको पनि बताएको छ ।

उत्तर कोरिया र अमेरिका बिच गत अक्टोबरमा स्विडेनमा भएको वार्ता पश्चात आणविक हतियारका विषयमा हालसम्म अन्य कुनै पनि वार्ता नभएको पनि अमेरिकी अधिकारीहरुले बताएका छन् ।

उत्तर सँग वार्ताको ढोका बन्द नभएको बताउदै कोरोना संक्रमण मथ्थर भए लगत्तै उसँगको वार्तालाई निरन्तरता दिने अधिकारीहरुले बताएका छन् ।

हाललाई भने उत्तरका गतिविधिहरुको सूक्ष्म अध्ययन गरि विकसित घटना क्रम अनुसार अगाडी बढ्नु मात्र विकल्प रहेको समेत अमेरिकी अधिकारीले बताएका छन् ।