अन्तत ५५ जना नेपाली सहित २३५ यात्रु बोकेर उड्यो कोरियन एयर

गुरुदत्त न्यौपाने /सोल

लामो समयदेखी कोरिया बाट नेपाल बिदामा गएर फर्किन नपाएकाहरुलाई आज एबल नेपाल टा्भल्स मार्फत कोरियन एयरमा पठाउन सफल भएको छ ।

यो फ्लाइट कोरियन सरकारले आफ्नो देशको नगारिक नेपालमा फसेकालाई लिन गरेको फ्लाइट हो ।प्लेनमा रहेको खाली सिटमा नेपालमा फसेका नेपाली नागरिकलाई पनी लैजाने चासो कोरियन सरकारले गरेसंगै आज ५५ जना नेपाली सहित २३५ जना नागरिक लिएर त्रिभुवन बिमानस्थल बाट कोरियन एयर उडेको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ ।

लकडाउनका कारण नेपालमा फसेका कोरियन नागरिकलाई कोरिया फर्काउन गरिएको चार्टर्ड बिमानमा बिदामा नेपाल गएका नेपालीहरु समेत आजको फ्लाईटमा कोरिया आएको सम्बद्द श्रोतले बताएको छ।

आउदो जुन १६ गते दोस्रो फ्लाईट चार्टर्ड हुने पक्कापक्की भएसंगै नेपाली दुतावास सउलले नेपालमा फसेकाहरुको नामावली संकलन गरेको जनाएको छ।नामावली टिपाउनको लागी तलको लिङ्क क्लिक गर्नुहोस।

https://kr.nepalembassy.gov.np/%e0%a4%97%e0%a4%a3%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%95%e0%a4%be%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%b9%e0%a4%a8%e0%a5%81/

साथै नेपाल सम्पर्क का लागी तल दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरी आवश्यक कागजात र प्रकृयाको लागी बुझ्न सकिने स्रोतले बताएको छ।
सम्पर्क नम्बर ०१४४२२७७७ / ०१४४२२७७७ एबल नेपाल ट्राभलस
काठमाडौ