कोरियामा गर्मी विदामा आफुखुशी समुन्द्र जान नपाईने (पुरा पढनुहोस)

गुरुदत्त न्यौपाने /सउल

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम न्युनिकरणका लागी दक्षिण कोरिया सरकारले बिभिन्न उपायहरु अवलम्बन गर्दै आईरहेको छ।

कोरोना भाईरस संङ्क्रमणको जोखिम कम नभएको भन्दै कोरियाको सामुन्द्रिक तथा मत्स्य मन्त्रालयले गर्मी विदामा समुन्द्रमा घुम्न जानेहरुका लागी नयाँ निर्देशिका जारी गरेको छ।

कोरियामा गर्मी बढेसंगै सामुन्द्रिक तट तथा किनारामा पौडी खेल्न जाने मानिसको सङ्ख्या बढने भएकोले सामुन्द्रिक तटिय क्षेत्र कोरोना सङ्क्रमणको हटस्पट बन्न सक्ने आँकलन गरिएको छ।

सम्भावित संक्रमणको जोखिम कम गर्न मन्त्रालयले कोरियाका मुख्य प्रसिद्द १६ वटा सामुन्द्रिक विच ( 해수욕장) भ्रमण गर्ने सबैले अनिवार्य अग्रिम टिकट वुकिङ् गर्नुपर्ने भएको हो।

कुनकुन सामुन्द्रिक तट ( Beach) जानको लागी अग्रिम टिकट बुकिङ अनिवार्य छ?

अहिलेसम्म दक्षिण कोरियाको मत्स्य तथा सामुन्द्रिक मन्त्रालयले जारी गरेको तालिका अनुसार कोरियाका प्रसिद्द १६ तटिय क्षेत्रमा अनिवार्य टिकट बुकिङ गर्नुपर्ने भनिएको छ।

बुसानको लागी : हेउन्दे फादा,ग्वाङ्गाली फादा,सोङ्दो फादा,दादेपो फादा र सोङ्गजङ्ग फादा रहेका छन।

गाङवन्दो को लागी : ख्यङ्पो फादा,नाक्सान फादा,सोक्छो फादा,साम्छक फादा,माङ्सान फादा,म्यङ्गबाङ्ग फादा,छोवाम फादा,हाजोदे फादा रहेका छन।

उल्सानको लागी : ईल्सान फादा र जिन्हा फादा गरी २ वटा फादा रहेका छन।

उत्तरी ख्यङ्गसानको लागी गोरेबुल फादा रहेको छ।

जेजु आईसल्यान्ड तथा दक्षिणी छुङ्छन प्रान्तमा भ्रमण गर्ने पर्यटकहरुले भने अग्रिम टिकट बुकिङ गर्नुपर्ने छैन।त्यहाँको स्थानिय सरकाले त्यस क्षेत्रमा स्वयमसेवक खटाएर बिभिन्न माध्यमका साथ पर्यटकहरुलाई समुन्दमा आनन्द लिनसक्ने वातावरण कायम गर्ने बताईएको छ।यधपी त्यसक्षेत्रमा समेत भौतिक दुरी भने अनिवार्य गरिएको छ।

अग्रिम टिकट बुकिङ कसरी गर्ने त ?

छेजु आईसल्यान्ड तथा दक्षिणी छुङ्छन प्रान्त बाहेक सरकारले तोकेको १६ प्रसिद्द सामुन्द्रिक तटिय क्षेत्रमा घुम्न जानको लागी कोरिया सरकार तथा कोरिया टेलिकर्पोरेसन ले जारी गरेको वेभसाईट https://www.seantour.com/mobile/  बाट अनलाईन मार्फत अग्रिम टिकट बुकिङ्ग गर्न सकिने जनाईएको छ।

यस बर्ष अन्तरास्ट्रिय उडान बन्द भएकोले गर्मी विदामा आन्तरिक पर्यटकहरुको सङ्ख्या अघिल्ला बर्षहरुमा भन्दा दोब्बर हुने अनुमान संगै कोरोना सङ्क्रमणको जोखिम उच्च हुने भएकोले कोरिया सरकारले यस्तो विधी अपनाएको हो।

माथी उल्लेखित १६ प्रसिद्द फादाहरु बाहेक देशैभरिका २७० फादाहरुमा घुम्न जाने पर्यटकहरुलाई टिकट बुकिङ आवश्यक नरहेको तर त्यहाँ ज्वरो नाप्ने तथा व्याक्तिगत विवरण संङ्कलन अनिवार्य गरिएको छ।

यदि कोरोना सङ्क्रमण दखियोभने कन्ट्याक ट्रेसिङ्ग गर्न सजिलो होस भनेर देशैभरिका २७० सामुन्द्रिक विच हरुमा व्याक्तिगत विवरण भर्नैपर्ने बाध्यात्मक नियम लागु गरिएको मन्त्रालयले जनाएको छ।