टोकियोमा आज थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टोकियो

टोकियोमा आज थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६९७३ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ५७०२ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

मंगलबार दिउसोसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या २०१०४ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या २०८१६ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७१२४ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ९७८ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ९९१ जना पुगेको छ ।