कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

काठमाडौँ

दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरि देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पूरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरी खान दे सरकार, ‘उडान खोली जान दे सरकार’,‘प्रधानमन्त्रीज्यू, बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौं भने लाखौं बेरोजगार युवाहरुको भविष्य नबिगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए । ekantipur