नेपाल देखि कोरीया सम्मको यात्रा – अवधेश राज चौरसीयाको सफलताको कथा

सियोल

रौतहट जिल्लाको बौधीमाई नगरपालीका ०१ मा जन्मीनु भएका अवधेश राज चौरसीया हाल कोरीयामा हुनुहुन्छ । उहाँ कोरीया सन् २०१७ मा पुग्नुभएको हो ।

सन् २०१५ मा इपियस परिक्षामा सहभागि हुनु भएका उहाँ परिक्षा उतिर्ण हुन सफल भए पश्चात २ वर्ष पछि कोरीया पुग्नुभयो ।अहिले उहाँ कोरीयामा रहदै आउनु भएको करिव ३ वर्ष बितिसक्यो । यस अवधिमा उहाँ नेपालमा पनि आउनु भयो ।अव उहाँको बसाई कोरीयामा लगभग १७ महिना रहने छ ।

चौरसीया नेपालको तराई भेगमा पर्ने रौतहटमा जन्मीनु भएको हो । त्यसकारणले गर्दा पनि उहाँलाई अहिले पनि तराई क्षेत्रमा बसोबास गर्दै आएका मधेसी समुदायमा रहेका मानिसहरुको औधी चिन्ता छ।

अहिलेको समयमा तराई क्षेत्रमा बसोबास गर्दैै आएका युवाहरुको कुरा गर्ने हो भने उनीहरु खाडीमा पसिना बगाईरहेका छन् । यता कोरीयामा रहनु भएका चौरसीया लाई भने आफ्नो समुदायका युवाहरु खाडीमा दुख गरेको प्रति दुखि हुनुहुन्छ । “जति दुख गरे पनि खाडीमा कमाई नै छैन ।” उहाँ भन्नुहुन्छ, “कोरीयामा ५ वर्ष दुख गरे लाखौ कमाउन सकिन्छ ।”

सानै देखि समाज सेवा गर्ने उद्देश्य लिएर अघि बढ्नु भएका उहाँ कोरीयामा रहदै गर्दा पनि बिभिन्न संघ संस्थामा आवद्द हुनुहुन्छ । उहाँ मधेसी समाज दक्षिण कोरीयाका पूर्व कार्य समिती प्रमुख हुनुहुन्थ्यो । अहिले उहाँ नेपाली ग्लोबल दक्षिण कोरीयाका उपाध्यक्ष तथा नेपाली गैरआवासीय संघ (एनआरएनए)का केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

नेपालमा आफ्नो योग्यता हुदा हुदै पनि आफुले सोचेको जस्तो जागीर नपाउदा कोरिया तर्फ उहाँको आकर्षण बढेको हो । बिशेष गरि उहाँको सोचाई सानै देखि आफ्नो समुदायलाई कसरी माथी उकास्ने भन्ने थियो । समाजलाई परिवर्तन गर्छु भन्ने उहाँले प्रण गरिसक्नु भएको थियो । यहि दौडानमा उहाँमा नेपाल प्रहरी बनेर देश र जनताको सेवा गर्छु भन्ने सोच नआएको पनि हैन । सन् २०१६ मा उहाँ प्रहरी असईमा पनि छानिनु भएको थियो । महाराज गञ्ज २ नम्बर गणबाट १ महिना तालिम लिई सके पछि त्यस बाट त्यत्ति सन्तुष्ट नभएपछि उहाँले प्रहरी छोड्ने निर्णय गर्नुभयो ।

समाज परिवर्तन गर्न आर्थीकको समेत मुख्य भुमिका हुने भएकाले उहाँलाई एउटै कुराले पिरोलीरहेको थियो । अव के गर्ने भनेर ? तर अर्को तिर भने उहाँलाई कोरीयाले बोलाइरहेको रहेछ ।

“प्रहरीमा जगीर गरेको भए पनि म समाज सेवा गर्थे”उहाँ भन्नुहुन्छ, “अहिले पनि मैले मेरो समुदायलाई कसरी परिवर्तन गर्ने यहि सोचमा छु ।”
आफ्नो आर्थीक पाटोलाई सबल बनाउनका लागी उहाँ कोरीया प्रस्थान गर्नुभयो । “तराई समुदायका मानिसहरु अझै पनि निकै पछाडि छन्”, उहाँ भन्नुहुन्छ,“कतिलाई त कोरीया कता पर्छ त्यो पनि थाहा नै छैन ।”

यस्तो समुदायलाई आफुले अघि बढाउनका लागी निकै कसरत गरेको बताउनुहुन्छ ।कोरीया पुगेको ६ महिना पछि उहाँले करिब ५२००० नेपाली मध्यमा आफ्नो मधेस समुदायका कति मानिसहरु छन् भनेर खोज गर्र्दै गर्दा ३६६ जना मधेस मुलबाट कोरीया गएको तथ्याङक उहाँले प्राप्त गर्नुभयो ।सन २०१३ मा स्थापना भएको मधेशी समाज दक्षिण कोरिया लाई २०१७ मा उहाँ आइसकेपछी अझ चलाएमान गराउन उल्लेख्य भुमिका खेल्नुभयो।

कोरीयाबाटै नेपालको सबैभन्दा कान्छो सासंदलाई चिठि लेखेर पठाउनु भयो । मधेसी मुलबाट पनि विकसीत राष्ट्र कोरीयामा पुगेका छन् भनेर जानकार बनाउनका लागी बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको अगुवाई पनि गर्न भ्याउनु भयो ।

मधेसी मुलका मानीसहरु लाई खाडीमा जान रोक्नको लागी उहाँले यस खालको अभियान चाल्नु भयो ।त्यस कार्यक्रम गरिरहदा आफु सफल भएको उहाँ बताउनुहुन्छ ।“अहिले कोरियामा मधेसबाट मात्रै ३०० देखि ३०००को संख्यामा मानिसहरु पुर्याउन सफल भएकोमा निकै खुसी लाग्ने गरेको छ ।” चौरसीयाको भनाई छ ।

आफुले चालेको अभियान सफल हुदै गर्दा अव मधेसले पनि बिस्तारै बुझ्दै गएको उहाँको बुझाई छ । खाडी मुलुकमा समय गुमाउने मधेसका मानिसहरुलाई कोरीयाको कमाईको महत्व बुझाउन पाए हुन्थ्यो , उहाँँलाई अहिले पनि यहि कुराले पिरोली रहेको छ ।५ वर्ष काम गर्दा कोरीया र खाडीको कमाईमा धेरै फरक पर्ने गर्छ । कोरियामा कम्तिमा पनि मासीक २ लाख हुने गरेको उहाँ भन्नुहुन्छ तर खाडीमा समयको बर्वादी मात्र हुने भएकाले मधेसका सम्पूर्ण मानिसहरुले सोचेर निर्णय लिन उहाँ सुझाउनुहुन्छ ।

३ वर्षको अवधिमा पनि आफुले देखेको सपना साकार पार्दा गाउँमा उदाहरणीय पात्र बन्न पाउदा खुसी लाग्ने गरेको उहाँको भन्नुहुन्छ । सुरुमा आफ्नो ठाउँबाट कोही जान नसकेको भए पनि अहिले उहाँ आफूले भने १४ जनालाई कोरीया पुर्याउन सफल हुनुभएको छ ।आफुले मार्गनिर्देशन दिदै गर्दा अरुको भविष्य सफल बन्छ भने किन कन्जुस्याई गर्नू उहाँ भन्नु हुन्छ ।

तराईमा उहाँको परिवारमा २८ जनाको सदस्य छ । आफुले गरेको प्रगतिमा परिवारको पनि साथ भएको र अहिले आफ्नो प्रगतिमा सबै खुसि भएको उहाँ बताउनु हुन्छ । “कोरीयामा सिकेको सिप नेपालमा नै आएर देखाउने छु” उहाँ भन्नुहुन्छ,“मेधसको आय स्तरलाई माथी उठाएरै छोड्छु ।”