दक्षिण कोरियामा बेरोजगारी दर २० बर्ष यताकै उच्च ,गत महिनामा २ लाख ७७ हजारले रोजगारी गुमाए !

गुरुदत्त न्यौपाने /सियोल

विश्वब्यापी फैलिएको कोरोना महामारीको कारण दक्षिण कोरियामा बेरोजगारी जनसङ्ख्या बढदो छ।

महामारीकै कारणले व्यापार ब्यावसायमा प्रत्यक्ष प्रभाव परेपछी कोरियाका रोजगारदाता हरुले आफ्ना कामदारहरु कटौती गर्न थालेका छन।

गत जुलाई महिनामा मात्र दक्षिण कोरियामा २ लाख ७७ हजारले आफ्नो रोजगार गुमाएका छन।केन्द्रिय तथ्याङ्क विभाग कोरियाले गत बुधवार जारी गरेको सुचना अनुसार दक्षिण कोरियाको वेरोजगारी दर बार्षिक ०.१ प्रतिशत र जुलाई महिनामा ४ प्रतिशत रहेको छ।उक्त तथ्याङ्क अनुसार कोरियामा रोजगारी गर्ने जनसङ्ख्या २ करोड ७० लाख भन्दा बढी रहेका छन।

दक्षिण कोरियाको बेरोजगारी दर सन २००८ मा भएको विश्वब्यापी वित्तिय सङ्कट पछाडीको सबैभन्दा धेरै हो भने पछिल्लो २० बर्ष यताको जुलाई महिनाको बेरोजगारी संङ्ख्या मध्यको अहिले जुलाई महिनाको सबैभन्दा उच्च हो।

गत जुलाई महिनामा यूवा तथा वयस्क उमेर समुह (१५~२९ बर्ष ) को बेरोजगारी दर ९.७ प्रतिशत पुगेको छ भने बार्षिक दर ०.१ प्रतिशत रहेको छ।

कोरोना भाईरस प्रकोपको कारण अस्थाई तथा पार्ट टाईम काम गर्ने कामदार समेत मारमा परेका छन।तथ्याङ्क विभागको डाटा अनुसार अस्थायी कामदार ३,९५,००० जनाले जुलाई महिनामा रोजगारीको लागी आवेदन दिएकोमा जम्मा ४४००० जनाले मात्र काम पाएकाछन।

गत महिनाको तथ्याङ्कका अनुसार कोरियामा वेरोजगारी मानिसको सङ्ख्या ११ लाख ३० हजार भन्दा बढी रहेको छ ।यो जुन महिनाको भन्दा ४१००० बढी हो।सन १९९९ मा कोरियाको वेरोजगारी सङ्ख्या १४ लाख ७० हजार रहेको थियो।सन १९९९ यता दक्षिण कोरियाको बेरोजगारी सङख्या मध्ये यो बर्षको जुलाई महिनाको सबैभन्दा बढी हो।

कोरियामा विशेषगरी रोजगार गुमाउने हरुमा अधिकाँश ४० बर्षभन्दा माथी उमेर समुहका छन।आवास,खाध तथा उधोग क्षेत्रबाट करिब २२५००० जनाले रोजगार गुमएका छन भने होलसेल तथा खुद्रा विक्रि क्षेत्रबाट १२७००० जनाले रोजगार गुमाएका छन।

यसको ठिक विपरित जुलाई महिनामै समाज कल्याण क्षेत्रमा १६१००० जना तथा लजिस्टिक (डेलिभरी ) क्षेत्रमा ५८,००० जनाले नयाँ रोजगारी पाएका छन।