काेरियामा भिषा अवधि सकिएर स्वदेश फर्किन नपाएका विदेशीले माैसमी कामदारकाे भिषा पाउने

सिओल

कोरोनको कारण काम गर्न पाउने अवधि समाप्त भएको तर स्वदेश फिर्ता हुन नपाएको ई ९ भिषा(इपिएसको)भएको प्रवासी श्रमिकलाई बढीमा ९० दिनकोलागी मौषमी श्रमिकको रुपमा काम गर्न दिने श्रम मन्त्रलय निर्णय गरेको छ ।

यसकोलागी अप्रिल १४ देखि अगष्ट ३१को बिचमा भिषा समाप्त भएको वा काम गर्ने अवधि समाप्त भएको ,भिषा अवधि समाप्त भइ स्वदेश फिर्ता हुनु पर्ने समय अवधि लम्ब्याईएको वा जाने मिति सारिएको हुनु पर्नेछ।

यस्तो श्रमिकले मौषमी श्रमिकको रुपमा कृषि र मत्स्यपालनमा मौषमी मजदुर राख्न पाउने अनुमति दिएको ४० क्षेत्रमा काम गर्न पाउनेछन, यस अन्तर्गतको मौषमी श्रमिकलाई न्युनतम ज्याला भन्दा बढी ज्याला दिइनेछ साथै औधोगिक दुर्घटना बिमा कानुन लागु हुनेछ ।

मौषमी श्रमिकको रुपमा काम गर्न चाहने श्रमिकले २०२० अगष्ट १९ बुधबारदेखि १ सेप्टेम्बरसम्ममा मौषमी मजदुर माग गरेको स्थानीय निकाय (지자체)मा वा इपिएसको होम पेजबाट वा सम्बन्धित क्षेत्रको रोजगार केन्द्रमा आफै गएर वा फ्याक्स इमेल मार्फत आबेदन दिन सकिनेछ।

मौषमी मजदुरको रुपमा काम गरेमा पछि स्वदेश फिर्ता भएर सीबिटि परिक्षा दिएमा १० नम्बर थप दिइनेछ र कोरिया चाडो प्रवेशकोलागि प्राथमिकता दिईने छ भनिएको छ।