दक्षिण कोरियामा कोरोना कहर: दैनिक ११०० पसल बन्द हुँदै, हाल सम्म १ लाख बढी पसल बन्द

सोल

कोरोना संक्रमणका कारण यस बर्षको मध्य सम्ममा दक्षिण कोरियामा १ लाख बढी पसलहरु बन्द भएका छन् ।

कोरोना संक्रमणका कारण ब्यापार ठप्प भएपछि कर तथा भाडा तिर्नै समस्या भएपछि उनीहरुले पसल बन्द गरेका हुन् ।दक्षिण कोरियाली साना उद्यम विभागका अनुसार हाल दक्षिण कोरियामा करिव २५ लाख ७० हजार पसलहरु रहेका छन् ।

कोरोना संक्रमणका कारण हाल सम्म कुल पसलहरु मध्ये ३.९ प्रतिशत अर्थात १,०३,९४३ वटा पसल बन्द भइसकेका छन् । तथ्याङ्क अनुसार औषत दैनिक ११४३ पसलहरु बन्द हुन थालेका छन् ।

विभागका अनुसार हाल दक्षिण कोरियामा खुद्रा ब्यापारीहरुको अवस्था काहाली लाग्दो भएको छ । राजधानी सोलमा मात्र लकडाउन सुरु भएसँगै करिव ६० हजार पसल बन्द भएका छन् । ब्यापारिक मलमा रहेका सटरहरु १२% भन्दा बढी खाली भएको समेत विभागले जनाएको छ ।hotpati