कोरोनाले कोरियामा ३ लाख ९२ हजारले रोजगारी गुमाए !

सोल

दक्षिण कोरियामा सेप्टेम्बर महिनामा मात्र ३ लाख ९ २ हजारले रोजगार गुमाएका छन् । कोरोना भाइरस संक्रमणका कारण उक्त संख्यामा रोजगारी गुमेको हो ।

रोजगार बजारको तथ्याङ्क अनुसार उक्त संख्या बिगत ७ महिना यताकै उच्च हो । बिगतका महिनामा भन्दा बेरोजगार हुनेको संख्यामा ०.५ प्रतिशतले बृद्धि हुँदै ३.६ प्रतिशत पुगेको रोजगार बजारको तथ्याङ्कमा भनिएको छ ।

हाल दक्षिण कोरियामा रोजगार पाउनेको जम्मा संख्या २ करोड २७ लाख रहेको कोरियाली तथ्याङ्क विभागले बताएको छ । तथ्याङ्कका अनुसार पछिल्लो ८ महिनामा कोरोनाका कारण थला परेको अर्थतन्त्रका कारण जागिर गुमाउनेहरुको संख्या सन् २०० ९ पछिकै न्युन रहेको छ ।

हाल १५ बाट ६४ बर्ष उमेर समुहका रोजगार मानिसहरुको संख्यामा भने केही सुधार देखिएको छ । उक्त उमेर समुहका । रोजगार मानिसको संख्या ६०.३ प्रतिशत रहेको छ जुन गत । बर्षको सोही समयको भन्दा १.२ प्रतिशतले बढी हो ।